उपत्यकाबाट २४ मेट्रिक टन फोहर व्यवस्थापन


प्रकाशित मिति : पुस ७, २०७५ शनिबार

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज २४ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २९३औँ हप्तामा थापाथली र कुपण्डोलस्थित वाग्मती नदीको पुल वरपर सफाइ गरियो ।

सफाइमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दीनेश थपलिया, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, ललितपुर महानगरपालिका वडा नं २ र १० का अध्यक्ष क्रमशः राजेश महर्जन एवं नरसिंह व्यञ्जनकारसहितको समूह, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २४ संस्थाका ५०० भन्दाबढी अभियानकर्मीको सहभागिता थियो ।

सफाइबाट पाँच मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । प्रशासनिक प्रशिक्षण प्रतिष्ठन जावलाखेलमा तालीम लिइरहनुभएका ९० शाखा अधिकृतको समूह आजको सफाइमा सहभागी भएको थियो ।

ब्लुक्रस अस्पताल त्रिपुरेश्वर एम्बुलेन्ससहित, नेपाल सिर्जनशील समाज, बक्रेश्वर बचत तथा ऋण सहकारी डिल्लीबजार, पहिलो पाइला, प्राकृतिक प्रकोप तथा भूकम्प प्रभावित उद्धार समाज, युरेशिया रेयुकाइ, युएन पार्क प्रयोगशाला, गायत्री परिवार, बाल सारथी वागेश्बोरी, जीवन विज्ञान, पाठशाला नेपाल बानेश्वर, सिस्नुपानी नेपाल, हलेशी डेकोरलगायतको सफाइमा संस्थागत सहभागिता थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुहानबाट नै वाग्मती सफाइ अभियान सञ्चालन गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले २५४ हप्ताको सफाइ गोठाटारस्थित प्रतीक्षालय क्षेत्रमा गरेको सफाइबाट तीन मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।

कुहिने करीब दुई मेट्रिकटन फोहर खाडल खनेर पुरी नकुहिने फोहर महानगरपालिकाको वडा नं ८ ले व्यवस्थापन गरेको थियो । अभियानले सफाइमा आउँदा घरको फोहर घरमै व्यवस्थापन गर्न आह्वान गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताउनुभयो ।

आजको यस क्षेत्रको सफाइमा मानव अधिकार शान्ति समाजका पदाधिकारी एवं सदस्यको सक्रियता थियो । विष्णुमती सफाइ अभियानको २२०औँ हप्तामा दीपज्योति स्कूलबाट नयाँ बसपार्क क्षेत्रमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० बढी अभियानकर्मीको सक्रियता थियो ।

सुन्दरीघाट चोभार क्षेत्रको वाग्मती सफाइको १०३औँ हप्तामा १०० जना स्थानीयवासीले त्यस क्षेत्रको सफाइ गरेका छन् । सफाइबाट एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको संयोजक चित्र सुनुवारले जानकारी दिनुभयो ।

मनोहरा सफाइको ९३औँ हप्तामा महानगरपालिकाको ३२ नं वडास्थित बिपी कोइराला आँखा अस्पतालअघिको नदी किनारमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीय सामाजिक संस्थासहित १०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता रहेको संयोजक चन्द्रप्रसाद दङ्गालले जानकारी दिनुभयो ।

चक्रपथ सफाइको ८९औँ हप्तामा नयाँ बसपार्क क्षेत्रमा सफाइ गरियो । तीन सय ५० अभियानकर्मीको सहभागितामा १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले राससलाई जानकारी दिनुभयो । सो अभियानलाई महानगरपालिकाले फोहर उठाउने साधनको व्यवस्था गर्दै आएको छ ।

आलोकनगर सफाइ अभियानले ८९औँ हप्ताको सफाइ त्यस क्षेत्रमा गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइसँगै जनचेतामूलक कार्यक्रम गरिएको संयोजक प्रमिला पौडेलले बताउनुभयो ।

चक्रपथ बाफल खण्डको ७१औँ हप्तामा सीतापाइला चोकबाट हलचोकसम्म सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० अभियानकर्मीको सक्रियता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो ।

सफाइ अभियानलाई हेभी इक्विपमेन्ट डिभिजन कार्यालयले एउटा ब्रुमर उपलब्ध गराएको थियो । विसं २०७० जेठ ५ गते वाग्मतीबाट शुरु भएको सफाइ अभियान हाल देशका १०० भन्दा बढी स्थानमा फैलिएको छ । सफाइबाट २० हजार मेट्रिकटन फोहर व्यवस्थापन भइसकेको सफाइ महाअभियानले जनाएको छ ।

अधिकार सम्पन्न वाग्मती एवं उपत्यकाका अन्य नगरपालिकाले नदी फोहर गर्नेलाई कानूनी कारवाहीको दायरमा नल्याउँदा अभियान सामाजिक सञ्जालमा मात्र फस्टाएको आरोप लाग्ने गरेको छ ।

अधिकार सम्पन्न वाग्मतीले नदीको मुहान क्षेत्रकै किनारमा खोलिएका सुँगुर बङ्गुर फार्म बन्द गर्न नसक्दा माथिबाटै नदी फोहर हुने गरेको छ । सरकारले विसं २०७५ लाई सरसफाइ वर्षका रुपमा घोषणा गरे पनि कुनै प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com