रवि ओड नेपाल आइडल बनेकोमा असन्तुष्ट पोख्नेहरुले यस्तो सम्म गरे
प्रकाशित मिति : पुस ७, २०७५ शनिबार
कञ्चनपुरका रवि ओडले नेपाल आइडल सिजन २ को उपाधी जितेपछि असन्तुष्ट भएका दर्शक हरुले मन्च्मै कुर्सी तोडफोड गरेका छन । नेपाल आइडल सिजन २ को घोषणा भएलग्त्तै दर्शकहरु उफ्रिएर विरोध गरेका थिए ।
नेपाल आइडलमा रबिलाइ पक्षपात गर्दै जजहरुले जिताएको भन्दै नारा लगाएका थिए ।
कसैले मनाए खुशीयाली
धेरैले सामाजिक सञ्जालमा बधाई दिदै खुशीयाली मनाएका छन् भने धनगढीमा राति दीपावलिसहित र्याली निकालि एको बताइएको छ।
समर्थकहरुले धनगढीको पार्कमोडमा जम्मा भएर खुसियाली मनाएका हुन्। उनीहरुले रविको समर्थनमा ‘नेपाल आइडल रवि ओड’, ‘जित कस्को रविको’, ‘नेपालको शान रवि ओड’ लगायतका नारा लगाएको पहिलो पोस्टले जनाएको छ। य सपटकको नेपाल आइडलको दोस्रो सिजनको विजेता रवि ओड बनेका हुन्।
ग्राण्ड फाइनलमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारीलाई पछि पार्दै ओड विजेता भएका हुन्।रविले होण्डा गाडि र नगद रु २२ लाखको चेक पाएका छन भने वर्ल्ड टुरको यात्रामा जाने मौका पाएका छन्।
यो सँगै दोस्रो सिजन समाप्त भएको छ । यस अघि पहिलो सिजनबाट पोखराका बुद्ध लामा विजेता भएका थिए । इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डमा भएको फाइनल कार्यक्रममा पोखराका बिक्रम बराल दोस्रो र झापाका सुमित पाठक तेस्रो भएका छन्।यस्तै झापाकै अस्मिता अधिकारी तेस्रो भएकी छिन्।
यो उपलब्धी तपाईँहरुकै देन हो
नेपाल आइडल सिजन २ को विजेता बन्न सफल भएपछि रवि ओडले सामाजिक सञ्जालमार्फत खुसी बाँडेका छन् । सिजन २ को नेपाल आइडल बनेसँगै उनले यो सबै उपलब्धी सारा नेपालीको देन भनेका छन् । ‘हजुरहरूको मायाले मलाई आज यस्तो बिन्दुमा ल्याइपुर्याएको छ कि मसँग त्यसको व्याख्या गर्नसक्ने कुनै शब्द नै छैन’, शुक्रवार राति फेसबुकमार्फत् उनले भनेका छन्, ‘म एउटा समान्य मान्छे हजुरहरुले मलार्इ यहाँहरुले आफ्नै छोरो, भाइ, दाजु, साथी सम्झेर माया गर्दिनुभयो र आज यति ठूलो जित हासिल गर्न सफल भएँ, यो सब हजुरहरुकै देन हो ।’
रविले आफ्नो जितलार्इ सारा नेपाली दाजुभाइ र दिदीबहिनीहरूको भनेका छन् । ‘मेरो जीवनदाता नै हजुर हरु हुनुहुन्छ, र यो जित मेरो होइन यो जित तपार्इँहरुकै हो सारा नेपाली दाजुभाइ दिदीबहिनीहरुकै हो’, रविले भनेका छन्, ‘आशा छ अझै आउने दिनहरुमा यसरी नै माया अनि साथ दिनुहुने छ । फेरि पनि हृदयदेखि नै आभारि छु हजुरहरुको यो मायाप्रति ।’रविले आफूलार्इ गरेको यो माया र सहयोग कहिल्यै नभुल्ने पनि बताएका छन् । ‘हजुरहरु नै हो मेरो लागि भगवान्’, उनले अन्तिममा भनेका छन् ।






