बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै तुलसीपुरका सबै विद्यालय आइतवार बन्द हुने
प्रकाशित मिति : पुस ७, २०७५ शनिबार
;ft;o ld6/ tn v;]sf] ofq’axfs a; bfªsf] t’n;Lk’/–;Nofg ;8s v08cGtu{t t’n;Lk’/– # /fd|Ldf sl/a ;ft;o ld6/ tn vv]sf] a; . b’3{6gfdf !& hgf ofq’sf] d[To’ ePsf] 5 eg] !) hgf 3fOt] ePsf 5g . t:jL/ M bLks af]x/f, ndxL -bfª_, k|b]z g+= %, /f;;
तुलसीपुर ३ राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै तुलसीपुर उपमहानगरपालिका सबै विद्यालय बन्द गर्ने भएका छन ।
तुलसीपुर–सल्यान सडकखण्ड अन्तर्गत तुलसीपुर ३ राम्रीमा शिक्षक र विद्यार्थी चढेको बस दुर्घटना भएको प्रति दुःख व्यक्त गर्दै तुलसीपुर उपमहानगर शिक्षा महाशाखाको शनिबार बसेको बैठकले तुलसीपुरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
दुर्घटनामा परि विद्यार्थी तथा शिक्षकको मृत्यु हुँदा शिक्षा क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै आईतबार शोक मनाउने निर्णय गरेको शिक्षा शाखा सदस्य दीपक कुमालले बताउनुभयो ।
यस क्षेत्रका निजि, सामुदायिक तथा प्राबिधिक शिक्षालय बन्द गर्ने निर्णय गरेको भन्दै आईतबार कुनै पनि विद्यालय नखोल्न सबै बिद्यालयलाई आग्रह पनि गरेका छन ।






