मोडल बिकास लामिछाने र निरंजली लामा फिचर्ड म्युजिक भिडीयो ‘लुकी लुकी’ सार्वजनिक
प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार
मोडल बिकास लामिछाने र निरंजली लामा फिचर्ड म्युजिक भिडीयो ‘लुकी लुकी’ सार्वजनिक भएको छ । शैलीको यो गीतमा स्वर कृष्ण भक्त महर्जनको सुन्न सकिन्छ भने सब्द संगीत समेत गायक महर्जनकै रहेको छ । गायक महर्जनले यस अघि थुप्रै नेवारी भाषाका गीतहरु बजारमा ल्याइसकेका छन् ।
भिडीयोलाइ गोदावारीमा खिचिएको हो । सोनाम पाख्रिनले निर्देशन गरेको म्युजिक भिडीयोमा उत्सब दाहालको छायाँकन , सुसिल न्यौपानेको सम्पादन , बिमला तामांगको मेकअप समाबेस रहेको छ ।










