सरकारले २ हजारभन्दा बढि सडक पुल निर्माण योजना अघि सारेको छ : मन्त्री महासेठ


प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले मुलुकको समृद्धि र विकासका लागि पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकता दिएको बताउनु भएको छ ।

मन्त्री महासेठले मुलुकलाई समृद्ध बनाउन सरकारले रेलमार्ग र जलमार्ग निर्माणको कामलाई प्राथमिकता दिनु परेको पनि स्पष्ट पार्नु भयो । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भारत र चीन दुवै छिमेकी मुलुकको सहयोग लिएर सरकारले रेल मार्ग निर्माणको कामलाई अघि बढाएको पनि स्मरण गराउनु भयो ।

मन्त्री महासेठले राजमार्गहरुको कनेक्टिभीटीमा जोड दिन सरकारले २ हजारभन्दा बढि सडक पुल निर्माण योजना अघि सारेको पनि बताउनु भयो । विकास र समृद्धिका लागि सडक पुलको निर्माण अतिउपयोगी हुने मन्त्री महासेठको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com