बिकासका लागि घरघरमा हजारौं केपी ओली जन्मनुपर्छ : मुख्यमन्त्री शंकर पोखरेल


प्रकाशित मिति : पुस ५, २०७५ बिहीबार

स्वरोजगार र आत्मनिर्भरता हाम्रो आधार , शहर देखि गांउ सम्म ब्यापार बिस्तार भन्ने मुल नाराका साथ आजबाट बुटवलमा लुम्बिनी एक्स्पो २०१८ अन्तराष्ट्रिय ब्यापार मेला सुरु भएको छ ।

मेलाको आज एक समारोहका बिच प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गर्नुभयो । उदघाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले बुटवललाई नेपालकै आर्थिक राजधानी बनाउने ढंगले प्रदेश सरकारले तयारी गरिरहेको जानकारी दिनुभयो । प्राईमलोकेशन भएर पनि बुटवलमा ब्यवसायीक संरचना नभएको भन्दै उहांले बुटवलका घरहरु अव ब्यवसायीक कम्प्लेक्सकारुपमा बन्नु पर्ने बताउनुभयो ।

उहांले सपना देखेपछिमा मात्र सफलता हात लाग्ने उल्लेख गर्दै बुटवलमा पनि घरघरमा हजारांै केपी ओली जन्मनु पर्ने बताउनुभयो । प्रधानमन्त्री केपी ओलिको सपनाले छिटै सार्थकता पाउने दाबी गर्दै मुख्यमन्त्री पोखरेलले यसै आर्थिक वर्ष भित्र लुम्बिनीबाट रेल मार्गको काम सुरु हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै आयोजक रुपन्देही ब्यापार संघका अध्यक्ष पदम श्रेष्ठले मेला महोत्सवकै लागि अस्थायी संरचनाका कारण करोडौं खर्च भैरहेको भन्दै स्थायी संरचनाका लागि सबैले पहल गर्न माग गर्नुभयो ।
बुटवलमा स्थायी प्रदर्शनी स्थल नभएका कारण हरेक वर्ष मेलाका लागि लाखौ खर्च हुने गरेको छ । कार्यक्रममा नेपालका लागि श्रीलङ्काका राजदुत स्वप्न स्वरा, राष्ट्रिय सभामा नेकपाका सचेतक खिमलाल भट्टराई लगायतले मेलाको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । मेला पुस १८ गते सम्म चल्ने छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com