काठमाडौंमा राम्री युवती देख्नासाथ नजिक भएर बस्ने लेपास्सिनेहरुलाई प्रहरीले दियो यस्तो सुझाव


प्रकाशित मिति : पुस ५, २०७५ बिहीबार

काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनमा पाकेट मारिदिने युवतीहरूले प्रहरीमा अचम्म लाग्दा बयान दिएका छन् ।

सवारी साधनमा लेपास्सिएर युवकसँग बसिदिने, यौनिक आकर्षणमा पारिदिने र पाकेट मार्ने युवतीको समूहका चार जनालाई प्रहरीले बयान लिएको थियो ।

उनीहरूले भनेका छन्,‘काठमाडौंमा बस्नका लागि, बाँच्नका लागि ठगी नै सबैभन्दा उचित उपाय देखियो । जागिर पाइएन ।’

चिटिक्क परेर सवारीमा चढ्ने, अलिक मालदारजस्ता देखिनेको छेउमा बस्ने, टाँसिने र पाकेट मारिदिने गरेको उनीहरूको बयानमा उल्लेख छ । महानगरीय प्रहरी परिसरले पक्राउ गरेका ७७ पाकेटमारमा चार जना यस्ता युवती फेला परेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरी भन्छ,‘सार्वजनिक सवारीमा चढ्ने, केटा भएको सिटमा गएर बस्ने र मीठो बोली र व्यवहारले लठ्ठ बनाएर लुट्ने गरेको अनुसन्धानमा फेला परेको छ ।’

राम्रो मेकअप गरी चिटिक्क पर्ने, राम्रो लुगा लगाउने, यौनिक आकर्षणमा ध्यान दिने यी सुन्दरीहरूको पाकेटमार धन्दामा दैनिक १० हजार देखि एक लाखसम्म आम्दानी हुने गरेको प्रहरीमा दिएको बयानमा उल्लेख छ ।

चाबहिल, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा चल्ने सार्वजनिक सवारीमा युवती सक्रिय हुने गरेको प्रहरीले जनाएको छ ।
पाकेटमारीमा संलग्न यी युवतीले एसएलसीचाहीँ पास गरेका छैनन् । ‘राम्रो रोजगारी नपाएपछि पाकेटमारीमा लागेको र विभिन्न उपाय अपनाएर काम गरिरहेको बयान दिएका छन्’, प्रहरीले भन्यो ।  प्रहरीले राम्री युवती देख्नासाथ नजिक भएर बस्ने लेपास्सिने नगर्नका लागि पनि सुझाव दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com