बुद्ध लामाको नयाँ गित भोलि
प्रकाशित मिति : पुस ५, २०७५ बिहीबार
नेपालको पहिलो नेपाल आइडल पोखराका बुद्ध लामाको नयाँ चलचित्रको गित भोलि बजारमा आउने भएको छ । नेपाल आइडल भए पछी बुद्ध लामाको आफ्नै क्रेज बनाएका छन भने उनको ३ ओटा गित बजारमा आईसकेको छ । तिन वटै गीतले दर्शकको अत्याधिक माया पाएको छ भने अब बुद्ध लामाको स्वर नेपालि सिनेमामा पनि देख्न र सुन्न पाइने भएको छ । तिम्रो माया नामको फिल्ममा बुद्ध लामाको गितको बोल पनि तिम्रो माया नै रहेको छ । यो गित अब बजारमा आउने बुद्ध लामा लगायत टिमले बताएको छ ।
एक कार्यक्रमका बीच फेसबुक लाईभ आएर बुद्ध लामाले यस गित भोलि अर्थात पौष ५ गते रिलिज हुन लागेको हो । यस गित भोलि राति ८ बजे बजारमा आउने तयारीमा रहेको छ। यसै गीतका संगीतकार एबम रचनाकार संगै बुद्ध लामा फेसबुकमा लाईभ आएर गित भोलि राति ८ बजे सार्बजनिक गर्ने जानकारी दर्शक श्रोतालाइ जानकारी दिएका हुन ।
बुद्ध लामा नेपाल आइडलको पहिलो सिजनको बिजेता हुन भने उनको गायकी सबैले रुचाएका थिए । अहिले उनको गित सानी नरिसाउन बोलको गित देशमा मात्र नभएर बिदेशमा पनि हिट हुँदै गएको छ । उक्त गीतमा संसार भरिका सांगेतिक प्रेमीले टिक टक भिडियो बनाएका छन । त्यस मध्ये भारत बाट सबै भन्दा धेरै बुद्ध लामाको उक्त गीतमा भिडियो बनेको छ। यस गीतको संगीतकार आशुसेन लामा हुन । बुद्ध लामाको यस गीतलाई अहिले सम्म ३८ लाख भन्दा धेरै पटक हेरिएको छ ।
नेपाल आइडलको अहिले सिजन २ चलिरहेको छ भने सिजन २ मा अन्तिम ४ जना फाईनलमा प्रवेश गरेका छन । चारै जना बीच अहिले कडा प्रतिष्पर्धा भईरहेको छ भने नेपाल आइडल सिजन २ को फाईनल यहि पुष ६ गते अर्थात पर्सि पुल्चोक क्याम्पसको प्राङ्गणमा हुने भएको छ । नेपाल आइडल सिजन २ को फाईनलको लागि टिकट पनि खुल्ला गरि सकिएको छ ।






