बहुप्रतीभाका धनि कलाकार पुष्कर पन्त मोडलिङमा रमाउदै


प्रकाशित मिति : पुस ४, २०७५ बुधबार

कलाकार, निर्माता तथा निर्देशक पुष्कर पन्तको परिचय अहिले मोडलको रुपमा समेत थपिएको छ । उनीले अभिनय गरेको म्युजिक भिडियो समेत अहिले चर्चामा रहेकको छ । मोडल तथा नायकको रुपमा छुट्टै परिचय बनाउन लागि परेका कलाकार पुष्कर पन्त अब नायक पनि बन्ने भएका छन् । उनले आफुले निर्माण गर्न लागेको नया नेपाली चलचित्रमा उनि आफै लिड रोलमा नायक बनेर देखा पर्ने भएका हुन्।

बिगत पन्ध्र बर्ष देखि अमेरिका बस्दै आएका बहुप्रतिभाका धनि कलाकार निर्माता समाजसेवी मोडल तथा गीतकार पुष्कर पन्त बिदेशमा बसेर पनि आफ्नो कला सस्कृतिलाइ जोगाउन तल्लिन छन्। भर्सटाइल कलाकार पुष्कर पन्त अभिनय क्षेत्रमा विशेष गरि हाँस्यव्यङ्ग विधाका कलाकार हुन्। उनि विगत २५ बर्ष देखि नेपाली कला क्षेत्रमा संलग्न छन्। तितो सत्य, जिरे खुर्सानी, ट्वाक्क टुक्क, प्रहरी अनुरोध, काउकुति लगायत अन्य धेरै चर्चित नेपाली हाँस्य श्रृङ्खलाहरुमा अभिनय गरेका पन्तले नेपाली चलचित्र ‘ठूली’ निर्माण गरेका थिए ।

नेपाली कला सस्कृति भाषालाइ सधै माया गर्ने पुष्कर पन्त चलचित्र निर्माणको साथै गीतकार मोडलको रुपमा अहिले चर्चित बन्दै गएका छन् l एकताका नेपालमा निकै चर्चा कमाएका कलाकार, निर्माता,गीतकार पुष्कर पन्तले आफ्नै शब्द रहेको ३ वटा गीतको म्युजिक भिडियोमा समेत अभिनय गरेर लाखौ संगीतप्रेमी नेपालीहरुको मनमा बस्न सफल भएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फरक फरक धारमा काम गर्न रुचि राख्ने पन्त अमेरिकामा समेत हरेक सामाजिक कार्य देखि विभिन्न सास्कृतिक कार्यक्रमहरुमा सदैब अग्रणी भूमिका निर्बाह गर्दै आएका छन् l कलाकारिता आफ्नो प्रत्येक नशामा बग्ने रगतको थोपा थोपामा भएको बताउने पुष्कर मिलनसार, इमान्दार तथा सधै आफ्नो काम प्रति निष्ठाबान रहेर जन्मभूमि नेपाल प्रतिको दायित्वलाइ बोध गर्दै कर्मभुमि बाट जन्मभूमिको कला सस्कृति जगेर्ना गर्न लागिपरेका छन् l आफ्नो शब्द रचनामा बनेको नया ब्लाष्ट गीत “हे गोरी” को म्युजिक भिडियो नेपाली सागीतिक बजारमा समेत लिएर आएका छन्। मोडल कलाकार तथा गीतकार पुष्कर पन्त कलाकारिता क्षेत्रमा मात्र नभएर सामाजिक कार्य समेत उत्तिकै सक्रिय रहेर नेपाल र नेपालीको सेवा गर्न तल्लिन छन् l

भर्खरै मात्र नेपाल बाट अमेरिका फर्केका मोडल पुष्कर पन्तले नेपाल रहदा समेत टेलिचलचित्र “मेरी बास्सै” गोलमालमा समेत अभिनय गरेका उनले आफ्नै शब्दमा रहेको गित हे गोरीमा दमदार मोडलिङ गर्दै मोडल समेत बनेका छन् ।

समय अनुसार परिबर्तन हुदै गईरहेको नेपालि सामाजिक परिबेशमा उनले समय सामेक्ष आफुलाई समेत परिपक्क बनाउदै गित संगीत तथा कलाकारिता क्षेत्रमा परदेशी भुमि बाट जन्मभूमि प्रतिको आफ्नो माया दायित्वलाई बोध गर्दै थप उर्जाशील बनाउन लागिपरेका छन् । लाखौ प्रबासी नेपालीहरुको लागि मार्गदर्शक बनि उत्प्रेरणा दिन सफल कलाकार पन्त भविष्यमा नेपाली कला, सस्कृति, भाषाको संरक्षण गर्दै नेपाली कलाकारिता, गित संगीतमा समर्पित हुने बताउछन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com