नेपाल आइडल फिनालेको टिकट खुल्ला


प्रकाशित मिति : पुस ४, २०७५ बुधबार

सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ सिजन–२ को टिकट विक्री खुला गएिको छ । टिकट ई–सेवा मार्फत लिन सकिने नेपाल आइडल टिमले जनाएको छ । टिकट शूल्क ५००, १०००, १५०० र २००० हजार रुपैयाँ रहेको छ । नेपाल आइडलको ग्राण्ड फिनाले यही पुस ६ गते ललितपुर पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा सााझ ५ बजे हुँदैछ ।
उपाधिका लागि पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवी ओडले फिनाले प्रतिस्पर्धामा छन् । उनीहरुले गत हप्ता नै फिनालेका लागि प्राप्त हुने भोटका लागि आफ्नो प्रस्तुती दिइसकेका छन् । आगामी शुक्रबार (६ गते) साँझ ५बजेसम्मका लागि भोटिङ लाइन खुला गरिएको नेपाल आइडलले जनाएको छ ।

‘नेपाल आइडल’ सिजन वानको शिर्ष उपाधि पोखराका बुद्ध लामाले उचालेका थिए । उक्त सिजनमा फष्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दास भएका थिए । गत वर्ष तीन जनालाई फिनालेमा पुर्याइएको थियो भने यो पटक चार जनालाइे फिनालेमा लगिएको हो ।

विक्रम र सुमित अडिसन राउण्डमा गोल्डेन माइक पाएका प्रतिस्पर्धी हुन् । गोल्डेन माइक पाएका अन्य दुई जना प्रतिस्पर्धी निलिमा थापा मगर र मीनराज पौडेल बाहिरिसकेका छन् । नेपाल आइडल सिजन–२ का विजेताले २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर जित्ने छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com