पोखरामा ज्ञानेन्द्र शाहलाई भब्य स्वागत ,संघीयता खारेज गर हिन्दु राष्ट्र कायम गर भन्दै नाराबाजी
प्रकाशित मिति : पुस २, २०७५ सोमबार
नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । आज दिउसो बुद्ध एयरको नाइन एन एजेओ कल साइन विमानबाट ज्ञानेन्द्र सहित उनकी पत्नी कोमल पोखरा आइपुगेका हुन् ।पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनका समर्थकहरुले सोमबार बिहान पोखरा विमानस्थलमा राष्ट्रिय झण्डा बोकेर गणतन्त्रविरोधी नारा लगाएका छन् ।राजतन्त्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे भन्दै नारा लगाएका छन् । नारा लगाउने क्रममा राष्ट्रिय झण्डाको समेत प्रयोग गरिएको छ । ज्ञानेन्द्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे, संघीयता खारेज गर, हिन्दु राष्ट्र कायम गर जस्ता नारा लगाएका थिए ।
सयौंको संख्यामा विमानस्थल अगाडि भेला भएका उनीहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नारा लगाएका थिए ।पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबारदेखि पोखराको निजी भ्रमण गर्दैछन् । उनी एक साता यहाँ रहने कार्यक्रम छ ।पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्रलाई आत्मसाथ गर्दै नागरिक भएर बस्ने घोषणा गरिसकेका छन् । तर, उनको नाममा यसरी गणतन्त्र, संघीयता र संविधानकै बर्खीलापमा नाराबाजी भएकोमा पूर्वराजाको सहमति छ या स्वतस्फूर्त भएको हो भन्ने बुझ्न सकिएको छैन ।






