नारायणगढ–बुटवल सडक : डेढ घण्टामा नारायणगढबाट बुटवल पुगिने


प्रकाशित मिति : पुस २, २०७५ सोमबार

नारायणगढ सडकखण्डलाई स्तरोन्नति गरेर चार लेनको बनाएपछि एक घण्टा ३० मिनेटमा नै नारायणगढबाट बुटवल पुगिने भएको छ । १२५ किलोमिटर दूरीको सडकमा अहिले यात्रा गर्न तीन घण्टा लाग्दै आएको छ ।सडक निर्माणका लागि अबको दुई साताभित्र चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गर्ने तयारी गरिएको छ । एडीबीका सडक निर्देशक सरोजकुमार प्रधानले भने ‘हामी सरर डेढ घण्टा नारायणगढबाट बुटवल पुग्ने गरी सडक बनाउने छौँ, अहिले भन्दा गाडीको स्पट बढाउने गरी सडक विस्तार हुँदैछ । अहिले नारायणगढ बुटवल सडकखण्ड दुई लेनको छ, जसलाई विभागले अब चार लेनको बनाउने छ ।

यसअघि विभागले यो सडकखण्ड चार लेनको बनाउन लागि झण्डै १६ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरेको थियो ।सडकको दुई\दुई लेनको बीचको भागमा ‘ग्रिनरी’का लागि खाली ठाउँ छोडिनेछ । तीन मिटरको यो भागमा बिरुवा रोपिने छ । विस्तारित सडक दुईतर्फ नै ७–७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुने छ ।अबको तीन वर्षमा बुटवल नारायणगढ सडक विकसित देशका सडकजस्तै बन्ने दाबी गरिएको छ । यो सडकखण्डको छेउमा रहेका बस्तीहरूका लागि ‘सर्भिस लेन’ निर्माण गर्ने विभागको तया री छ । सर्भिस लेन भनेको सार्वजनिक सवारीले यात्रु ओराल्न र चढाउन प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो ।

२८ किलोमिटर सडकमा यस्तो सर्भिस लेन रहने र यो ७ मिटरको हुनेछ । इन्जिनियर शर्माले नेपालका अन्य राजमार्ग सडकभन्दा बुटवल नारायणगढ सडक फरक बन्ने बताए । उनले भने ‘जसले यात्रुलाई सहज मात्रै हुुने छैन, राजमार्ग क्षेत्रमा सहरी सौन्दर्य पनि बढ्नेछ । यसअनुसार यो बस्ती क्षेत्रमा सडक २७ मिटरसम्म फराकिलो हुनेछ । अन्य क्षेत्रमा भने २२ मिटर ओगट्नेछ ।’ १२५ किलोमिटरको यो सडकलाई दुईवटा प्याकेजमा निर्माण गर्न लागिएको छ । जसअनुसार नारायणगढ–दाउन्ने खण्ड पहिलो प्याकेज हो, जुन ६३ किलोमिटरको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेजअन्तर्गत निर्माण गरिनेछ ।

यो खण्ड विस्तार गरिसक्न तीन वर्ष ३ लाग्ने छ । नारायणगढ–बुटवल खण्ड पूरै भाग चार लेनको हुने छैन । दाउन्नेको उकालो र ओरालो भाग तीन लेनको मात्रै हुनेछ । दाउन्नेको झण्डै १२ किलोमिटर सडक ३ लेनमात्रै हुनेछ । त्यहाँको भौगोलिक र प्राकृतिक अव स्थाले त्यसलाई चार लेन बनाउन सम्भव देखिएको छैन ।त्यसैले त्यहाँको प्राकृतिक संवेदनशीलतालाई ध्यानमा राखेर ३ लेन मात्रै बनाउन लागिएको हो । ३ लेनमध्ये उकालोतर्फ २ लेनको प्रयोग गरिनेछ । ओरालोतर्फ जाने सवारीले एक लेन मात्रै प्रयोग गर्नेछन् । दा उन्नेको उकालोको चढाइ निकै असहज हुने भएकाले दुई लेन दिन लागिएको आयोजनाले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै दाउन्ने पहाडमा ८ किलोमिटर सडक डबल लेनको मात्रै हुनेछ । उक्त आठ किलोमिटरमा फुटपाथ र साइकल लेनसमेत राखिने गरी रिपोर्ट बनाइएको छ । यस आयोजनाका लागि सबैभन्दा कम रकम कबोल गर्नेले ठेक्का पाउने नियम रहेकाले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरसनले नै दुवै प्याकेजमा ठेक्काको सम्झौता गर्ने एडीबीका सडक निर्देशक सरोजकुमार प्रधानले जानकारी दिए । ‘२८ दिनभित्र सम्झौता गर्न आउनुपर्ने हो । हामीले पत्रचार गरिसकेका छौँ, अबको दुई हप्ताभित्र उनीहरू आएर सम्झौ ता गर्ने छन्’ उनले भने । यो आयोजनामा प्राविधिक रूपमा सफल भएका ७ वटा कम्पनीहरू अन्तिम प्रतिस्पर्धामा रहेका थिए ।

प्रधानका अनुसार आयोजनाअन्तर्गतको दुईवटै प्याकेजको ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सबैभन्दा कम रकम कबोल गरेको छ । एउटै प्याकेजमा काम गर्दा निर्माण ढिलो हुने भएकाले दुईवटा प्याकेज बनाएको प्रधानले बताए । पहिलो प्याकेज नारायणगढदेखि दाउन्नेसम्मको ६३ किलोमटिर दूरीमा रहेको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेजअन्तर्गत निर्माण गरिनेछ ।प्याकेज–१ मा ९ अर्ब १३ करोड रूपैयाँमा स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्काको प्रस्ताव गरेको छ । यो प्याके जमा परेको सबैभन्दा कम कबोल रकम हो । यो प्याकेजमा लोङ्जियान ब्रिले सबैभन्दा बढी १० अर्ब ८९ करोड रूपैयाँसम्मको आर्थिक प्रस्ताव गरेको छ ।

यस्तै साङ्घाई कन्स्ट्रक्सनले ९ अर्ब ३७ करोड, हुनान ब्रिज एन्ड रोड कन्स्ट्रक्सनले ९ अर्ब ६४ करोड, चाइना रेल्वे ब्युरोले १० अर्ब ४४ करोड, हुवेई छाङ्जाङले १० अर्ब ७० करोडको आर्थिक प्रस्ताव गरेको छ ।हालसम्म सडक निर्माण गरेको एक वर्षसम्म सड कको मर्मत सम्भार ठेक्का लिएको कम्पनीले गर्ने प्रचलन छ । तर, अब बुटवल नारायणगढ सडकखण्डमा मर्मत सम्भारको काम पाँच वर्षसम्म ठेक्का लिएको कम्पनीले नै गर्ने गरी नयाँ अभ्यास गरिएको छ ।पहिलो चरणमा ९ कम्पनीले बोलपत्र हाले पनि २ वटा कम्पनी प्राविधिक मूल्याङ्कनमा असफल भएका थिए । विभागका अनुसार यो सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com