विवाह भोजमा रक्सी खाँदा तीनजनाको मृत्यु


प्रकाशित मिति : पुस २, २०७५ सोमबार

रुकुम पश्चिम क्षेत्रमा विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका– ११ लहुँ भलाक्चाका ५४ वर्षीय कमानसिंह सार्की र मुसिकोट नगरपालिका १२ नयाँ गाउँका २१ वर्षीय पलबहादुर विकको विषाक्त रक्सी सेवन गरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“मृतकले ओरेञ्ज नाम लेखिएको बजारमा पाइने रक्सी खाएर सुतेको पाइयो”, उक्त कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले भन्नुभयो, “उक्त रक्सीकै कारण उनीहरुको मृत्यु भएको हुनसक्छ, यसबारेमा थप जानकारी भने शव परीक्षण पछि आउने छ ।”

मुसिकोट नगरपालिका–१२ जुम्लावाङको एक विवाहमा सहभागी हुन आएका उनीहरु सोही ठाउँमै रक्सी सेवन गरी बेलुका सकुशल सुतेकामा बिहान मृत अवस्थामा फेला परेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुसँगै सुतेका अन्य दुईजना भने सकुशल छन् । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक खड्कासहित जिल्ला अस्पतालका चिकित्सककोे टोली घटनास्थल पुगेको थियोे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com