४० अर्बबराबरका ४० करोड थान १ सयका नोट छाप्दै राष्ट्र बैंक


प्रकाशित मिति : पुस २, २०७५ सोमबार

मुलुकको केन्द्रीय बैंकले १ सय रुपैयाँ अंकित दरका ४० करोड थान नोट छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

नेपाल राष्ट्र बैंकले आह्वान गरेको बोलपत्रअनुसार ४० करोड थान १ सय दरका नोटको मूल्य ४० अर्ब रुपैयाँबराबर हुन्छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र प्रक्रियाअन्तर्गत योग्य कम्पनीले नोट डिजाइन, प्रकाशन र आपूर्ति गर्नुपर्ने छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार इच्छुक कम्पनीले पुस १५ भित्र बोलपत्र खरिद गरिसक्नुपर्ने छ । यसका लागि २० हजार रुपैयाँ लाग्ने छ भने यो रकम फिर्ता हुँदैन । पुस १५ भित्र बोलपत्र पेस गरिसक्नुपर्ने र त्यसपछि प्राप्त बोलपत्र स्वीकृति हुने छैन ।

बोलपत्र पेस गर्ने कम्पनीका प्रतिनिधिको उपस्थितिमा थापाथलीस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा बोलपत्र खोलिने छ । बोलपत्र खोलिएको १ सय २० दिनसम्म म्याद रहने र यसका लागि ३ करोड १० लाख रुपैयाँ वा सो सरहको विनिमय दरअनुुसारको रकम जम्मा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यसको म्याद २०७६ जेठ १४ सम्म रहने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा नोट छाप्ने ‘सेक्युरिटी प्रेस मेसिन’ नभएका कारण केन्द्रीय बैंकले विदेशबाट नोट छपाउँदै आएको छ । यसबाट ठूलो परिमाणबराबरको रकम विदेशिने गरेको छ । सेक्युरिटी प्रेसले कागजी नोटमात्र नभई बैंक चेक, राहदानीलगायत छाप्ने गर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com