आमाको हत्या गरेर बाबु जेलमा, दुई छोरीको बिच्चली


प्रकाशित मिति : पुस १, २०७५ आईतबार

जिरी नगरपालिका ९, ठूलोपातलका तस्विर तमाङले श्रीमतीको हत्यागरे पछि उनको दुई छोरी अस्मिता र मुना अभिभावक विहीन भएका छन् ।गएको मंसिर १७ गते दोलखा जिरी नगरपालिका ९ का ३५ वर्षका तस्विरले श्रीमती राममाया तमाङलाई काठको चिर्पटले हिर्काएर हत्या गरेका थिए ।राममायाको हत्यापछि प्रहरीले तस्विरलाई पक्राउ गर्यो । त्यसपछि तामाङ दम्पत्तीका दुई छोरी १७ वर्षकी अस्मिता र १२ वर्षकी मुना अभिभावक विहीन भएका हुन् ।कक्षा १० र कक्षा ६ मा पढि रहेका उनीहरुको पढाइ समेत अघि बढाउन समस्या भएको छ ।

अस्मिता र मुना सदरमुकाम चरिकोटमा भरीयाको काम गर्दै आएका बुबा तस्विरसँग बसेर पढ्दै थिए ।जेठी छोरी अस्मिता चरिकोटको पशुपती कन्या मन्दिर माध्यामिक विद्यालयमा कक्षा १० मा पढ्छिन् भने मुना अल्पाईन बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययन गर्दै छिन् ।अभिभावक विहीन बनेकी जेठी छोरी अस्मिताले विद्यालय तह सकेर स्टाफ नर्स बन्ने लक्ष्य लिएकी छिन् । आमाको हत्या गरेपछि बुबालाई पुलिसले पक्रिएको छ । बुबा आमा दुबै नभएपछि कसरी पढ्ने भन्ने चिन्ताले सताएको छ – अस्मिताले भनिन् ।अस्मि ताको हजुरबुबाले दुबै नातिनीलाई गाउँमा लगेर पढाउने बताएका छन् ।

तर उनीहरु विद्यालय तहको बाँकी शिक्षा पनि सदरमुकाम चरिकोटमै लिन चाहन्छन् । बैनी मुनाको पढाई राम्रो भएको र आफु पनि पढ्दै आएको विद्यालयमा नै पढ्न चाहेको अस्मिताले बताइन् ।उनीहरु आमाको घटनापछि निराश र विक्षिप्त छन् । त्यो घटनालाई बिर्सिएर पढाइ अघि बढाउन चाहन्छन् । अस्मिताका अनुसार सदरमुकाम चरिकोटमा बुबासँग बसेर पढेको भएपनि खर्च र पढाइको बारेमा आमाले नै चासो दिने गर्थिन् । बाबाले खाने, बस्ने मात्र व्यवस्था गरिदिएको उनले बताइन् ।अस्मिता र मुनाको मामा तेज कुमार पाख्रिन भान्जीहरुको पढाई राम्रो रहेको र उनीहरु सदरमुकाममै बसेर पढ्न चाहेको तर पढाउने खर्च नहुँदा बाजेले गाउँ लैजान खोजेको बताउँछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com