पिता जस्ले श्रीमतिसहित एक बर्षीया छोरीको समेत हत्या गरेर यसरी खोलामा फ्याले
प्रकाशित मिति : पुस १, २०७५ आईतबार
आफ्नै श्रीमति र नावालिका छोरीको हत्या गर्ने एक व्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नी श्रीमति र छोरीको हत्या गरि खोलामा फ्यालेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।
गत मंसिर १८ गते विहान मकवानपुर हेटौंडा वडा नं १९ नेवारपानी स्थित राप्ती खोलामा करीब १ बर्षकी मृत बालिका र त्यसको ४ दिन पछि सोही स्थान भन्दा करीब ५० मिटर पर करीब ३५ बर्षकी महिलाको शव फेला परेको थियो ।
शव फेला परेपछि प्रहरीले अनुसन्धानको क्रममा मृत महिलाका पति रमजान मिया दर्र्जीलाई पक्राउ गरेको थियो । पक्राउ पछि मियाले आफुले हत्या गरेको स्वीकार गरेका थिए । परपुरुषसँग अनैतिक सम्बन्ध रहेको आशंकामा हत्या गरेको मियाले स्वीकारेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा मृतक महिला र बालिका आमा छोरी रहेको मकवानपुर प्रहरीले बताएको छ ।
प्रहरी निरीक्षक मधुकुमार थापा समेतको कमाण्डमा अनुसन्धान टोलीले भारत बिहार मोतिहारी पुर्र्वी चम्पारण बस्ने मृतकको श्रीमान रमजान मिया दर्र्जीलाई आज प्रहरीले सार्वजनिक गरेको छ । आमाको हत्या गर्दा छोरी पनि साथमै रहेकाले घटना सार्वजनिक हुने डरले छोरीको पनि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी निरीक्षक मधुकुमार थापाले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी बुद्धिराज गुरुंगले घटनामा रमजान मिया दर्र्जीका भाई पनि संलग्न रहेकाले निजको खोजी कार्य जारी रहेको बताएका छन् ।






