कञ्चनपुरमा फेरी २ बालकको मृत्यु !


प्रकाशित मिति : पुस १, २०७५ आईतबार

कञ्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक सुनार रहेका छन् । दुवै जना सदोहर दाजुभाइ हुन् ।

बेलौरीमा रहेको मामाघरमा विवाहमा सहभागी हुन आमा विमला देवी सुनारसँगै जाने क्रममा घरबाटै जेठी आमा सीता देवी सुनारले पकाएर दिएको चाउमिन बाटोमा खाँदा दुवै जनाले बान्ता गर्न थालेपछि बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि भर्ना गरिएको परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भन्नुभयो, “बेलौरीमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको सेती अञ्चल अस्पताल पु¥याए पनि दुवै जनाको अवस्था नाजुक भएपछि बाँकेको कोहलपुरमा रहेको मेडिकल कलेजमा उपचारार्थ लैजाने क्रममा आज बिहान बाटोमै दुवै जनाको मृत्यु भएको हो ।”

ती दुवै बालकका बुबाको यसअघि नै मृत्यु भइसकेको छ । जेठो बुबा र आमाको आश्रयमा दुवै बालक बस्दै आएका थिए । मृत्यु भएका बालककी आमा भने रहेकी छिन् । दुवै बालकको मृत्यु भएपछि स्थानीय बासिन्दाले चाउमिनमा विषादी मिसाएर जेठो बुबा र आमाले मृत्यु गराएको आरोप लगाएपछि इप्रका झलारीले जेठो बुबा लक्षी सुनार र जेठी आमा सीता सुनारलाई पक्राउ गरेको छ । दुवै जनालाई हिरासतमा राखेर अनुसन्धानको कार्य भइरहेको प्रहरी निरीक्षक अवस्थीले बताउनुभयो । चाउमिनमा विषादी हालेर वा अन्य कारणले मृत्यु भएको भन्नेबारे अहिले खुल्न सकेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com