समृद्धिका लागि सबै राजनीतिक दल एकजुट हुुनुपर्छ : अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : पुस १, २०७५ आईतबार

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।

मुलुक देश शान्ति र समृद्धिको सङ्कल्पका साथ अगाडि बढेको बताउँदै समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने समय आएको उहाँको भनाइ थियो ।

पाल्पाको रामपुरमा आज रामतुलसी माविको स्वर्ण जयन्तीको उद्घाटन गर्नुहुदै अध्यक्ष प्रचण्डले सो माविमा आङ्गिक कृषि कलेज स्थापना गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले यस विद्यालयमा सबैको माग आङ्गिक कलेज स्थापना गर्ने भएको हुँदा आफूले सहयोग गर्ने बचन दिनुभयो ।

अध्यक्ष प्रचण्डले पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकीमा पक्की पुल निर्माणका लागि बोलपत्र आह्वान भएपनि उपयुक्त ढाँचाका कारण रोकिएको हुँदा पुल पुनःनिर्माणका लागि तीव्रता दिने बताउनुभयो । उहाँले देश शान्ति र समृद्धितर्फ अगाडि बढेको बताउँदै वर्तमान सरकारले निकै प्रभावकारी काम गरेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

देशमा शान्ति ल्याउन एक दशक समय लागेको र अब देशको समृद्धि र विकासमा पनि एक दशक समय बिताउने उहाँको भनाइ थियो । रामपुरले सिङ्गो नमूना शहरका रुपमा विकास हुने प्रशस्त सम्भावना बोकेको उहाँको भनाइ थियो ।

कार्यक्रममा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको काम अगाडि बढिरहेकाले यसको कालोपत्रेका लागि तीव्रता दिने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले रामपुरको विकास र आवश्यकताबारे जानकारी गराउनुभएको थियो ।

पूर्वी पाल्पाकै ठूलो र धेरैलाई शिक्षा प्रदान गरेको यस विद्यालयमा उच्च शिक्षातर्फ व्यवस्थापन, विज्ञान तथा तीनवर्षे कृषि बाली विज्ञान कक्षा सञ्चालन भइरहेको छ । यस विद्यालयमा झण्डै दुई हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com