अरब जेलमा छोरा! नेपालमा बुढीआमा दिनरात रुदै


प्रकाशित मिति : पुस १, २०७५ आईतबार

बिगत ४ बर्ष देखि युनाइटेड अरब इमिरेट्सको अबुधाबीमा रहेको जेल मा जेल जिबन बिताइरहेका खड्ग बहादुर जोगी नेपाल फर्कन जेल जिबन पछि पनि नेपाली ६० लाख बराबर रकम ब्लड मनि तिर्न पर्ने भएको छ।

अबुधाबी स्थित अल गल्फ डेवलप मेन्ट कम्पनीमा कार्यरत जोगी संगै ड्युटी जान चलाएको गाडी बाट एक फिलिपिनो नागरिक झरेर मृत्यु भएपछी उनलाई बिदेशी भूमिमा ठुलो बिपतमा परेका हुन् । घटना पछि उनले कम्पनि सुपर्भाइजरको निर्देशन अनुसारनै अस्पताल पुर्याएपनि फिलिपिनोको मृत्यु भएपछी स्थानिय अदालतले उनलाई हत्या नै गरेको आरोप लगाएको छ। अहिले उनि माथि अदालातले हत्या सरह कसुर लगाउदै ५ बर्ष कैद र २ लाख दिराम ( ६० लाख नेपाली रुपया ) ब्लड मनि तिर्न पर्ने फैसला गरेको हो। अदालतले तोकेको ब्लड मनि पैसा जम्मा नगरेको खण्डमा भने उनलाई फासिको सजाय हुने सुनाएको छ।

तेर्हथुम का ४५ बर्षीय जोगीको परिवार अति नै गरिब छ। आफ्नो सम्पतिले तेती ठुलो ब्लड मनि तिर्न नसक्ने उनको परिवारले बताउदै आएको छ। घरको दुख कम गर्न बिदेशमा पैसा कमाउन गएको घर मुली नै जेल परेपछि परिवारको बिचल्ली भएको छ। २०७० सालमा बिदेशिएका जोगी २०७१ मा जेल परेको उनको श्रीमतीले बताइन। उहालाई जसरि पनि बचाइनु होला घरको हालत यत्रो पैसा तिर्ने हालत नभएको भन्दै पैसा उथाइदिएर भएपनि बचाउन अपिल गर्छिन। उनि जेल मा परेपछि आर्थिक अभावकै कारण उनको छोरीले आफ्नो पढाइ समेत छोड्नु परेको छ।

अबुधाबीमा जेल परेका जोगीका ८० बर्षीय आमा छिन। छोरा जेल परेको कुराले ८० बर्षे बुढी आमा रोएर दिनरात कटाउन बाध्य बनेकी छिन्। आफु छोरा फर्कने आसामा बाचेको बताउदै बुढी आमा भन्छिन आफ्नो सास छदै फर्किने आस लिएको छ। सम्झेर ल्याउदा कता हो काता आसु नथामिने बुढी आमा भन्छिन । खै छोरा कता छ कता आसु झर्दै भन्छिन। ६ जनाको परिवार रहेको जोगीको परिवारलाई तिर्न पर्ने ब्लड मनि जम्मा गर्न नसके आफ्नो घरको मुख्य सदस्य नै गुमाउने डर र चिन्ताले सताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अदालतले तोकेको समय भित्र ब्लड मनि तिर्न पर्ने जोगी का लागि विभिन्न संघ संस्था हरुले पैसा उठाउन काम सुरु गरेको छ। रकम समेत उठ्न सुरु भैसकेको छ। उनको ज्यान बचाउन समयमै ६० लाख रुपया ब्लड तिर्न पर्ने हुन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com