जापानमै पनि यस्तोः प्रहरी अश्लील चलचित्रमा मग्न, कैदी फरार


प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार

ड्युटीका समयमा प्रहरी स्मार्टफोनमा मग्न भएका बेला एक कैदी फरार भएका छन् । ओसाकाको तोन्दावायासी पुलिस स्टेशनमा कार्यरत प्रहरी आफ्नो स्मार्टफोनमा अश्लील चलचित्रमा मग्न भएको मौकाको फाइदा उठाउँदै बलत्कार, आगलागी र चोरीको आरोप लागेका ३० बर्षिय जुन्या हिदा जेलबाट भाग्न सफल भएको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन् ।

यही डिसेम्बर १२ तारिक भएको यस् घटनामा जेलमा उनको निगरानीका लागि राखिएका प्रहरी आफ्नो स्मार्टफोनमा अश्लील भिडियो हेरिरहेको बताइएको छ । यद्यपि ड्युटीमा रहेका बेला प्रहरीलाई यस्ता मोबाइल उपकरण चलाउन रोक लगाइएको छ । यस घटनामा लापरवाही देखाएको भन्दै उनी लागयत ७ अन्य अधिकारीविरुद्ध पनि कारवाही चालिने जापानटुडेले जनाएको छ ।

अधिकारीले आफूले स्मार्टफोनमा अश्लील भिडियो नभई समाचार हेरेको भन्दै आरोपको खण्डन गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com