मिस वर्ल्ड नेपाल खतिवडाले चेपाङ बस्तीमा न्यानो कपडा वितरण गर्ने


प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार

मिस वर्ल्डमा टप १२ मा पुग्न सफल ‘मिस नेपाल वर्ल्ड’ श्रृखला खतिवडाले मकवानपुरको चेपाङ बस्तीमा कमलसहितको न्यानो कपडा वितरण गर्ने भएकी छन ।

मिस नेपाल वर्ल्ड खतिवडाले एक हजार वटा कमलसहितको न्यानो कपडा अव छिट्टै गृहजिल्ला मकवानपुरको चेपाङबस्ती वितरण गर्ने जानकारी गराउनु भएको हो ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन बोल्दै उहाँले त्यहाँको चेपाङ बस्तीको हेल्प पोष्ट निर्माण गरिएको पनि बताउनु भयो ।

मिस नेपाल वर्ल्ड खतिवडाले आफूले मिस वर्ल्डमा सहभागी हुन मिस नेपालमा भाग लिएको पनि खुलासा गर्नु भयो ।

मिस वल्र्डमा ‘व्यूटि वीथ प्रपोज’ उपाधि हात पार्न सफल उहाले आफू सोही उपाधि हात पार्न सफल भएकोमा खुसी पनि व्यक्त गर्नु भयो ।

मिस वर्ल्डमा भाग लिईरहँदा नेपालीहरुले गरेको मायाप्रति पनि मिस नेपाल वर्ल्ड खतिवडाले पटक -पटक आभार व्यक्त गर्नु भयो ।

मिस वर्ल्डमा भाग लिएर नेपाललाई चिनाउन पाएकोमा आफूलाई गर्व लागेको उहाँको भनाई थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com