मन्त्री वर्षमान पुन लाई २ सय २ केजीको माला


प्रकाशित मिति : मंसिर २८, २०७५ शुक्रबार

रौतहटको कटहरिया बजारमा उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन लाई २ सय २ केजीको माला लगाइएको छ। कटहरिया बजारमा नेकपा ले आयोजना गरेको बकैया र बागमती मजबुत बाध निर्माण तथा उर्जा सिँचाइ विकासको लागि आयोजित कार्यक्रममा मन्त्री पुन लाई २ सय २ केजीको मालाले स्वागत गरेका हन्।

रौतहटको मौलापुर नगरपालिकामा नेपाल विद्युत प्राधिकरणको कार्यालय उदघाटन एवं लालबकैया नदिको स्थलगत निरीक्षण गर्न उनी त्यहाँ पुगेका थिए।

मन्त्री पुनले बागमती र लालबकैयामा आउने बाढीको चपेटाबाट मुक्त गर्न प्रयास गरिरहेको बताए। उनले सरकारको ध्यान दुबै नदिको तटबन्ध निर्माणमा रहेको बताए।

विगतको बाढीको क्रममा क्षतीग्रस्त भएका भौतिक संरचनाको यथासिघ्र पुनर्निर्माण हुने बताए। कार्यक्रममा नेकपाका प्रदेश २  का अध्यक्ष तथा सांसद प्रभु साहले बिगतको दिनमा मधेसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान गरेको भए पनि पछिल्लो दिनमा राजनीतिक द्वन्दले मानव विकास सूचकांकमा पछाडि परेको चिन्ता व्यक्त गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साहले रौतहटको खेती योग्य जमिनमा बगमती र लालबकैया नदिको मात्रै नभइ अन्य श्रोत बाट पनि सिँचाइको व्यवस्थापन गर्न मन्त्री पुन सित आग्रह गरे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com