निर्मला हत्याकाण्ड : नक्कली अभियुक्त खडा गर्ने ३४ प्रहरीमाथि कारवाहीको तयारी


प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार

कञ्चनपुरकी १३ वर्षीया बालीका निर्मला पन्त हत्याकाण्डको अनुसन्धानमा नक्कली अभियुक्त खडा गर्ने ३४ जना प्रहरीमाथि कारवाही हुने भएको छ ।

घटना अनुसन्धानमा लापरवाही गरेको, प्रमाण सुरक्षित राख्न नसकेको भन्दै प्रहरीमाथि कारवाही गर्न लागिएको हो ।

निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरी अधिकारीकै कमजोरी पाइएपछि प्रहरी प्रधान कार्यालयले एआईजी बस्न्यातको नेतृत्वमा आन्तरिक छानविन समिति गठन गरेको थियो ।

त्यही समितिले झण्डै ३ महिना लामो गृहकार्यपछि एक–दुई दिनभित्रै आईजीपी सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुुझाउने तयारी गरेको छ ।प्रतिवेदनमा सबै प्रहरीको बयान समेटिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्मला हत्याकाण्डको अनुसन्धानमा जोडिएका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्ट बर्खासीमा परेका छन् भने अन्य ६ जना प्रहरी निलम्बनमा छन् ।

बस्न्यात नेतृत्वको टोलीले प्रतिवेदनमा एसपी विष्टदेखि निलम्बनमा परेका सबै र बाँकी कारबाहीको सिफारिसमा पर्न लागेका २६ जनाको भूमिकाबारे उल्लेख गरेको छ ।

तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान व्युरोका डिएसपी अंगुर जिसी, असई हरसिंह धामी, प्रहरी जवान चाँदनी साउद, इन्सपेक्टर एकेन्द्र खड्का निलम्बनमा छन् ।

गत साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा बलात्कार गरी हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com