कतारसँगको श्रम सम्झौता संशोधन हुँदै, यस्तो छ नेपालको प्रस्ताव


प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार

नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मध्येको एक कतारसँग भएको श्रम सम्झौता परिमार्जन गरिने भएको छ । त्यसबारे छलफल गर्न नेपाली प्रतिनिधिमण्डल कतार जान लागेको श्रम रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयले जना एको छ । यहि डिसेम्बरको अन्तिम साता नेपालबाट श्रम सम्झौता परिमार्जनबारे छलफल गर्न नेपाली टोलि कतार जाने भएको हो ।जिसिएम महासभाका लागि कोलम्बो प्रोसेसका १२ वटा राष्ट्रहरुको प्रतिनिधित्व गर्दै मोरक्को पुगेका श्रम, रोजगार तथा सामाजिक सुर क्षा मन्त्री गोकर्ण विष्ट तथा कतारका श्रम तथा सामाजिक मामिला मन्त्री युसुफ महोम्मदबीच कतार र नेपालबीच श्रम सम्झौता परिमार्जनका बारेमा आइतबार छलफल भएको थियो ।

नेपालबाट श्रम मन्त्रालय र पराष्ट्रमन्त्रालयका प्राविधिक टोलि कतार जाने जनाइएको छ । नेपाली टोलीले कतारका प्राविधिक टोलिसँग भेटवार्ता गरि दुबै देशका अधिकारीबीच श्रम सम्झौता परिमार्जनका विषयमा छलफल हुने तयारी भइरहेको श्रम रोजगार तथा सामा जिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रममन्त्री गोकर्ण विष्टका प्रेस संंंयोजक मदन खनालका अनुसार श्रम सम्झौता परिमार्जनमा नेपाली श्रमिकका हकहितका विषय र प्रवासी कामदारका लागि कल्याणकारी कार्यक्रम सुनिश्चित गर्ने बारे छलफल हुने भएको छ।यस अघि नेपाल र कतारबीच २१ मार्च २००५ मा नै श्रम सम्झौता भएको थियो ।

सन् २००५ मा श्रम सम्झौता भए पनि यसको कार्यान्वयन भने कामदारमैत्री हुननसकेपछि नेपालले कतारसँगको श्रम सम्झौता परिमार्जन गर्ने तयारि अगाडी बढाएको हो । नेपाल र कतारबीच भएको श्रम सम्झौता यसभन्दा अगाडी नै ३ पटक परिमार्जन भइसकेको छ । कतार र नेपालबीच श्रम सम्झौता सन् २००९, सन् २०१३ र सन् २०१७ मा नवीकरण भए पनि यसमा थप परिमार्जन गर्नुपर्ने देखिएपछि मन्त्री विष्टले मन्त्री युसुफसँग मोरक्को भेटवार्तामा यसबारे कुरा राखेका थिए । दुबै देशका प्राविधिक टोलिबीच श्रम सम्झौता परिमार्जनका विषयमा छलफलपछि दुबै देश सहमति भएमा नयाँ श्रम सम्झौताअनुसार नेपाली कामदारहरु कतार जान पाउने मन्त्रालयले विश्वास लिएको छ ।

श्रम सम्झौता परिमार्जनपछि नेपाली कामदारहरु शून्य लागतमा कतार जान पाउँने छन् । अझ थप कुन कुन विषयमा परिवर्तन गर्ने भन्ने टुंगो लगाउन दुई देशका प्राविधिक टोलिबीच छलफल हुने भएको हो । नेपाल र कतारबीचको मौजुदा श्रम सम्झौतामा नेपाली श्रमिकहरुको हकहितका विषयमा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ ) को मापदण्ड अनुरुप नसमेटिएकाले अबको श्रम सम्झौतामा सबै नेपाली श्रमिकहरुको हकहित, न्यूनतम पारिश्रमिक, सुरक्षा, अतिरिक्त पारिश्रमिक, बिमा, भिसा प्रोसेसिङ, राहदानी श्रमिक आफँैसँग राख्न पाउने अधिकार, महिला कामदारको हकमा विशेष सुरक्षा लगायतका विषयलाई प्राथमिकताका साथ समेटिने बारे छलफल हुने मन्त्रालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कमिटिले हरेक वर्ष बैठक बसेर समस्या समाधान गर्दै आएको भएता पनि यसवर्ष बैठक बस्न सकेको छैन । कतारसँग श्रम सम्झौता परिमार्जनका लागि नेपालले मस्यौदा तयार पारिसकेको जनाएको छ ।नेपालले मलेशिया कामदार पठाउन रोक लगाएसँगै नेपाली कामदारहरुको मुख्य रोजगार गन्तव्य कतार रहेको छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारका लागि १ लाख ८० हजारभन्दा बढि नेपाली कामदारहरु कतार गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार १० लाख भन्दाबढि नेपाली कामदारहरु कतारमा कार्यरत छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com