दाङमा बिहेकाे बस र कार ठाेक्किदा दाङकाे रिहारमा ६ जनाकाे मृत्यु


प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार

बिबाहकाे बस र कार ठोक्किदा दाङमा ६ जनाको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिकाको रिहारमा बस र कार ठोक्किदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तरगत लमही नगरपालिका वढानम्बर ९ रिहार स्थित प्रहरी चौकीनजिकै महेन्द्रनगरदेखि काठमाडौतर्फ जाँदै गरेको ना५ ख ४०९० नम्बरको बस र बुटवलदेखि नेपालगञ्ज तर्फ जाँदै गरेको बा१२ च ३१२२ नम्बरको कार एक आपसमा ठोक्किदा ६ जनाको मृत्युु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

घाइतेमध्ये बाँके राप्ती सोनारीगाउँपालिका ८ शम्शेरगञ्ज बस्ने बर्ष ४९ का विश्वनाथ अधिकारी, सोहि ठाउँका वर्ष ५ का प्रविन केसी, वर्ष ५३ का मानबहादुर केसीको लमहीस्थित फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । यस्तै सोहि गाउँपालिका ८ का बर्ष ४९ कि बिमला खत्री, बर्ष ३१ दिपक कुमार खड्का र कोहलपुर नगरपालिका १२ का बर्ष ७८ का दक्त बहादुर खत्रीको लमही अस्पतालमा मृत्यु भएको हो ।

अन्य मृतकहरुमा मानबहादुर केसी, आमा बिमला खत्री र भतिज प्रविन केसी रहेका सोहि ठाँउमा खेमराज गौतमले बताएका छन । दुर्घटनामा परि राप्तीसोनारी ८ बर्ष ४५ कि गिता देवि खत्री र चालक यमबहादुर बुढा घाइते हुनु भएको छ । स्कारपियाे गाडीमा ८ जना सवार भएकाे भन्दै प्रहरीले ६ जनाकाे मृत्यु भएकाे र २ जना घाइते भएकाे जनाएकाे छ । घाईते दुबैलाई नेपालगञ्ज कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको फ्लोरेन्स अस्पताल लमहीका प्रमुख डा।पुष्प भुषालले बताएका । मृत्यु भएको सबैको शव पोष्टमाटमका लागि लमहि अस्पतालमा राखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com