नेपालमा सेक्स टुरिजमलाई खुल्ला गर्नुपर्छ : डीबी लिम्बु, नाटाका पूर्व अध्यक्ष


प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार

पर्यटन क्षेत्रमा २० वर्ष लामो अनुभव बटुल्नु भएका लिम्बु, नाटामा सचिव, महासचिव हुँदै अध्यक्षको जिम्मेवारी समेत बहन गरिसक्नु भएको छ । त्यस्तै,जोइन्ट टुरिजम कमिटिमा पनि उहाँ अध्यक्षकै भूमिकामा रहेर काम गरिसक्नु भएको छ । अहिले आन्तरिक पर्यटन प्रवद्र्धनमा लाग्नु भएका लिम्बुसँग नेपालको पर्यटन विकासमा आधारित रहेर खसोखासटिमले गरेको कुराकानी  ।

राजनीतिक स्थिरतापछि पर्यटन क्षेत्रको विकासका लागि राज्यले कस्तो काम गरिरहेको पाउनु भएको छ ?

निरन्तरता बाहेक, देख्ने गरी खासैकाम भएको पाईदैन । प्रयास गरिएको छ, बिडम्वना परिणाम निस्कदैन । राज्यको तथ्यांक, अनुसार २०१७ मा दश लाख पर्यटक नेपाल आएका छन् । तर, पूर्वाधार निर्माण र पर्यटकीय क्षेत्रको सुधारमा आउनु पर्ने बदलाब निकै नगन्य छ ।

पर्यटन प्रवद्र्धनको लागि राज्यले तत्काल गर्नुपर्ने काम के के देख्नु भएको छ ?
पहिलो कुरा, यात्रुलाई सुक्षित यात्रा गराउनु हो । हवाईहोस् वा बाईरोड नै । यातायात सहज हुनुपर्छ । तपाईलाई थाहा छ होला,जहाजहरु आधा–आधा घण्टा आकाशमा होल्ड गर्नुपर्ने परेको छ । आकाशमा होल्ड गर्दा यात्रुहरुमा कस्तो खालको मानसिक त्रास हुन्छ ! त्यसले अन्तराष्ट्रिय रुपमा कस्तो सन्देश जाला ? राम्रो त पक्कै जाने छैन् । यसमा राज्यले ध्यान दिन जरुरी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्को, एयरपोर्टहरुको स्तर उन्नति गर्नु अतिनै आवश्यक छ । यसैगरी, बैकल्पिक एयरपोेर्ट निर्माण छिटो भन्दा छिटो गर्नु पर्यो । हुन त, अहिले १८ बाट २१ घण्टा एयरपोर्ट सञ्चालन गरिएको छ, यो सकारात्मक कुरा हो । तर, यसले पुग्दैन ।

मानौ, तत्काल प्राकृतिक प्रकोप आएर त्रिभूवन अन्तराष्ट्रिय एयरपोर्ट बन्द हुन पुग्यो, भारतले अबतरणको लागि अनुमति दिएन र आकाशमा रहेका यात्रुलाई फिर्ता लैजान फ्यूलले भ्याउँदैन, यस्तो अबस्थामा के गर्ने ? त्यसकारण बैल्पिक एयरपोर्ट आवश्यक छ । त्यस्तै, नेपालमा ध्वजावाहक जहाज त्यो पनि व्यावस्थापन सहित चाहिएको छ । ठूला–ठूला सिटिहल, अन्तराष्ट्रिय कन्फ्रेन्स हल, एक्जिबिसन हलहरु बनाउनु अहिलेको आबश्यकता हो ।

कुनै कार्यक्रम गर्नु पर्यो भने होटल बाहेक अरु विकल्प छैन । बिआईसिसि थियो, त्यो राज्यले कब्जा नै गर्यो । अर्को, मानिसलाई खुशी मिल्ले विभिन्न फनपार्क निर्माणा गर्न जरुरी छ । अहिले मन्त्रीले केही काम गर्ने कोशिश गर्नु भएको छ । तर, कर्मचारीतन्त्र त पुरानै न हो । काम नगरी तलब बुझ्ने बानी परेको छ ।

भौतिक पूर्वाधार भएमा मात्र धेरैभन्दा धेरै पर्यटक भित्राउन सकिने हो वा अन्य कुराहरुको पनि सुधार गर्न जरुरी छ ?
टुरिजमको हिसाबले नेपाल सबैभन्दा सस्तो देशमा पदर्छ । तर,यातायात भने महंगो छ । पहिलो, नम्बर ध्वजा वाहक जहाज धेरै संख्यामा आवश्यकता छ । यस्तो गर्दा,एयर फियर सस्तो हुन्छ । घुम्न जाने ठाउँमा यातायात र बस्ने व्यावस्था राम्रो हुनुपर्दछ । धेरै पर्यटक चितवन, पोखरा, लुम्बिनि र नगरकोट जानुको मुख्य कारण यातायात, प्राकृतिक साथै मानव निर्मित मनोरञ्जन लिन सक्ने भौतिक संरचना र बस्ने राम्रो सुविधान नै हो । तर अरु ठाउँमा त्यो छैन । हामी पूर्वको इमाल हेर्न जानु पर्यो भने दुई दिन लाग्छ । हवाई मार्ग महंगो छ । पैसा र समय दुबै खर्च, गर्न मानिस चाहाँदैनन् ।

यस्तैगरी रारा जान सबैलाई मन छ । रारामा दुई घण्टा त राम्रोसँग बित्छ त्यसपछि के त ? जाँदा त्यत्तिकै दुःख हुन्छ ? त्यसैले प्राकृतिका साथै मानव निर्मित, समय बिताउने खालको कृतिम सौन्दर्यता पनि आवश्यक छ । जहाँ मानिस रमाउने र धेरै समय बिताउन सकोस् ।
प्रकृतिक सौन्दर्यतालाई जोगाउँदै प्राइवेट वा अन्य क्षेत्रलाई केही समयको लागि जमिन लिजमा दिएर हुन्छ कि ? केही समयको लागि सहुलियतमा दिएर हुन्छ कि ? नयाँ ठाउँमा पर्यटक प्रवद्र्धनका लागि मानव निर्मित मनोरञ्जन लिन सक्ने भौतिक संरचना निर्माण गर्नु आवश्यक छ । त्यो राज्यले सोच्नु पर्दछ ।

अहिले मानिस त्यहाँ यत्तिकै जमिन दिदा पनि जाँदैनन् । किनकी त्यहाँ भौतिक पूर्वाधारको राम्रो विकास हुन सकेको छैन । यातायातको राम्रो सुविधा हुनुपर्छ,अनि मात्र काम गर्ने बिच प्रतिस्पर्धा हुन्छ ।
अर्को, हाम्रो संस्कार संस्कृतिको कुरा आफ्नो ठाउँमा छ तर, कुनै एउटा क्षेत्र तोकेर सेक्स टुरिजमलाई पनि खुल्ला गर्दा हुन्छ । आखिर यो कुरा लुकिछिपि भइरहेकै छ । झन् त्यो बिकृतिको रुपमा भित्रभित्रै फैलिएको छ । यसलाई लुकाउन जरुरी छैन जस्तो लाग्छ ।

अहिले निकै चर्चा छ, विदेशी पर्यटकलाई नक्कली रिस्क्यू गरेर निजी क्षेत्रका व्यावसायीहरुले मोटो रकम असुल्ने गरेका छन् । अन्तराष्ट्रिय जगतमा बदनाम पनि भैरहेको छ, के यो साँचो हो ?
विदेशी पाहुनालाई यस्तो गर्नु लाजमर्दो कुरा हो । आफै बिरामी बनाउने र रेस्क्यू गर्ने नाममा धेरै रकम असुलि गरेको कुरा विदेशी पर्यटकले उजुरी गरेका हुन । यो हुनै, नहुने कुरा हो । तर,सबै व्यावसायी संलग्न छैनन् । सबैलाई एउटै बास्केटमा राखेर हेर्नु हुँदैन । केही मान्छेले यस्तो काम गरेका छन् । राज्यले नेपालको पर्यटन क्षेत्रलाई बदनाम हुनबाट बचाउने हो भने यस्ता कम्पनी र व्यक्तिलाई कानुनी दायराभित्र ल्याएर कडा कार्वाही गर्नु पर्दछ भन्ने, हाम्रो पनि माग हो । राज्य संचालकहरुले भोलि मैले भोट पाउँछु की पाउँदैन् भन्नेबाट काम गरेको पाइन्छ, यस्तो तरिकाले कार्वाही प्रभावकारी हुँदैन ।

आन्तरिक पर्यटन प्रवद्र्धको लागि के के गर्नुपर्ला ?
आन्तरिक पर्यटन प्रवद्र्धन सबैभन्दा मुख्य कुरा हो । नाटाको कार्यकालपछि म पनि आन्तरिक पयर्टन प्रवद्र्धनमा लागेको छु । आन्तरिक पर्यटन विकासको लागि नेपालीमा दुईवटा कुरा हट्नुपर्छ । पहिलो, एमआरपीमा विदेशी छाप लागेको गर्व गर्ने । अर्को, यहाँ नभए के भो र विदेश छ नि ! भन्ने सोच हट्नुपर्छ । यस्तो सोचले देशको विकास र आन्तररिक पर्यटन विकासमा असर गरेको छ ।

प्राकृतिक सुन्दरता हुँदाहुँदै, मानव निर्मित मनोरञ्जन लिन सक्ने भौतिक संरचना कत्तिको आवश्यक देख्नुहुन्छ ?
हाम्रो देश प्रकृतिक सौन्दर्यताले भरिपूर्ण छ । सांस्कृतिक र जातिय विभिधता छ । त्यो मात्र अब पर्यटन विकासका लागि अपुग हुन आउँछ । हामी कुनैपनि ठाउँमा पर्यटक घुमाउन लैजाउँ, एक घण्टा सम्म त मान्छेले प्रकृतिक सौन्दर्यताको आनन्द लिन्छन् त्यसपछि के त ? त्यो हामीले सोचेका छैनौँ । प्राकृति सौन्दर्यता छ । तर, त्यो ठाउँमा मान्छेलाई धेरै समय रोक्नको लागि मानव निर्मित मनोरञ्जन लिन सक्ने भौतिक संरचनाहरु निर्माण गर्नुपर्दछ । तब मात्र मानिस पटक–पटक त्यो ठाउँमा जान रुचाउँछ ।

नजिकै कालिञ्चोकको कुरा गराँै, निकै रमणिय छ तर, त्यहाँ बस्न र जान कठीन छ । यहाँ आउनेलाई अरु केही दिन रोक्न सक्नु पर्यो । त्यसको लागि कृतिम खालका मानिस रमाउन सक्ने संरचना बनाउन सकिन्छ । बस्नलाई मानिसको स्तरअनुसारको होटल आबश्यक छ । जाडोमा हिऊँ परेको छ, बस्ने ठाउँ छैन, भए पनि निकै कमजोर छ । त्यसरी त मान्छे मर्छ । पोखरा, लुम्बिनी र चितवन बाहेक आन्तरकि पर्यटनलाई भित्राउन सक्ने ठाउँ भनेको कालिञ्चोक पनि एक हो । त्यस्तै कन्यामको कुरा गरौँ । त्यहाँ बढीमा दुई घण्टा घुमैला, कतिराम्रो भन्यो सकियो । त्यसपछि के गर्ने त ? यहाँ अरु पनि धेरै क्रियाकलाप हुन सक्छ कि ? त्यो सोच्नुपर्छ । राम्रो के हुन सक्छ, यसमा हामीले पनि अध्यायन गरिरहेका छौँ ।

प्राकृतिक सुन्दरताबचाई राख्न के गर्नु पर्ला ? मानव निर्मित भौतिक संरचनाको कारण प्रकृतिक सुन्दरता कम हुँदैन गएको गुनासो आउन थालेको छ नि ?
यो क्षेत्रमा पहिलो कदम राज्यकै हुन्छ । राज्यले पहल कदमी लिनुपर्छ । मानिसलाई सम्झाउन सजिलो छैन । अहिले सगरमाथा फोहोर हुँदै गएको,पोखरा फेवताल नजिकको जमिन मासिदै आएको कुरा उठेका छन् । यसले सौन्दर्यतामा आच आउँछ । त्यसको लागि निजी क्षेत्रले, त्यो क्षेत्रमा काम गर्नेहरुलाई अभिमुखिकरण तालिम दिदैँ आएका छन् । खास गरी पयर्टन क्षेत्रमा काम गर्ने संस्थाले यो काम गरिरहेका छन् । पर्यटक आफ्नो ठाउँमा छ, त्यो क्षेत्रमा काम गरेर जिविकोपार्जन गर्ने मानिसहरुलाई सबैभन्दा बढी सचेत बनाउन जरुरी छ । यसैगरी, सरसफाई अभियाननै चलाउनु पर्यो । पयर्टक गाइडहरुलाई पनि यो कुरामा सचेत गराउनुपर्छ ।

राज्यको आर्थिक समृद्धिको लागि पर्यटक क्षेत्रको भूमिका कत्तिको महत्वपूर्ण छ ?
राज्यको जिडिपिमा कति योगदान छ भन्ने मुख्य प्रश्न हो । सरकारी तथ्यंक हेर्ने हो भने २.५ भन्छ कुनै संस्थाको तथ्यांकले४.५ भनेको छ । कसैले ८ सम्म छ भनेको छ । तथ्यांक संकलन पनि राम्रोसँग भएको पाइदैन । अधिकांश ट्रभल एजेन्सीहरुले प्रक्रिया मिलाएर काम गरेको पाइन्छ । तर, कसैले दर्ता नै नगरी सञ्चालनमा ल्याएका पनि छन् । यस्ताले ट्याक्स भ्याट तिर्नु परेन । ट्राभल एजेन्सी खोल्ने प्रक्रिया नै मिलेको छैन । राज्यले बनाएको नियमभित्र सबैलाई ल्याउनु पर्दथ्यो तर, ल्याएको छैन् ।
भ्यालीदेखि बाहिरका एजेन्सीहरु प्राय धेरै जसो टुरिजम महासाखामा दर्ता छैन, नेपाल राष्ट्रिय बैकमा दर्ता छैन । घरेलुमा दर्ता गरेकाले नगरपालीकालाई मात्र ट्याक्स तिर्ने गरेको छ । त्यहाँ भएको आम्दानी र रोजगारी दिएको कुराको लेखाजोखा नै हुँदैन, त्यसपछि जीडीपी त तलनै देखाउने भयो । यो क्षेत्रमा भएको आम्दानीको रियल डाटा छैन । कुनलाई आधार मानेर कुरा गरौँ ।

पर्यटन प्रवद्र्धनको लागि विदेशमा रहनुभएको नेपालीको भूमिका कक्तिको महत्वपूर्ण छ ?
निकै महत्वपूर्ण छ नि ! त्यो भन्दा ठूलो भूमिका विभिन्न देशमा रहेका राजुताबासको छ । राजदुतवासले त्यहाँ रहेका नेपालीहरुलाई आफ्नो देशको पर्यटन क्षेत्रका बारेमा जानकारी गराउने र हरेक आफ्ना नगरिकलाई जिम्मेवारी दिनु पर्यो, ताकी नागरिकले गौरव महशुस गरोस् कि मैले रोजगारीको साथै देशको लागि यो पनि योगदान गरेको छु । तर त्यो भूमिकामा राज्य कमजोर रहेको छ । अर्को त्यहाँ प्राप्त गरेको ज्ञान देशमा लागु गर्ने अर्को पाटो छदैछ । विदेशबाट आफ्नो देश घुम्न जाउ भनेर एक नेपालीले एक विदेशी पठाउन सक्ने हो भने धेरै हुन्छ । केही साथीहरु देशको पर्यटन विकासको क्षेत्रमा केही योगदान गर्न सक्छु कि भनेर म नाटामा हुँदा आउनुहुन्थ्यो ।

एनआरएनको भूमिका नि ?
एनआरएनले त गरेको छ । उहाँहरुले आफ्नै खर्चमा स्टलहरु राख्ने र प्रचार गर्ने, अन्तरक्रिया गर्ने गर्नु भएको छ । संस्थाले पर्यटन पवद्र्धनको लागि अभियान नै तय गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com