राष्ट्रपति गाडी प्रकरणः नेकपा र काँग्रेस सांसदबीच विवाद


प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार

राष्ट्रपतिको गाडी खरिद प्रकरणको विषयलाई लिएर संसदीय समितिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसबीच विवाद भएको छ ।

सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा समितिमा छलफल गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले माग गरेपछि दुई दलका सांसदबीच विवाद भएको हो ।

बैठकमा नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा समितिमा छलफल गर्नुपर्ने माग गर्नु भएको थियो भने त्यसको प्रतिवाद गर्दै सत्तारुढ नेकपाका सांसद सूर्य पाठकले संसदीय समितिलाई कामै गर्न नदिने नियतका साथ सो प्रस्ताव आएको दावी गर्दै आपत्ति जनाउनु भएको थियो ।

बैठकमा वाईडबढि विमान खरिद सम्बन्धमा छलफल सकिएपछि सुरु भएको विविध शीर्षक अन्तरगतको छलफलमा भाग लिँदै काग्रेस नेता रिजालले राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा संसदीय समितिले जानकारी लिन पाउनुपर्ने बताउनु भएपछि दुई दलका नेताहरुबीच भनाभन सुरु भएको थियो । त्यसै क्रममा सत्तारुढ नेकपाका सांसद पाठकले काँग्रेस नेता रिजालको सो प्रस्ताव संसदीय समितिलाई असफल बनाउने नियतका साथ आएको भन्दै आपत्ति जनाउनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काँग्रेस नेता रिजालको सो प्रस्ताव सार्वजनिक लेखा समितिको क्षेत्राधिकार भित्र समेत नपर्ने सत्तारुढ नेकपाका सांसद पाठकको तर्क थियो । उहाँले सार्वजनिक लेखा समितिले सरकारको सबै क्षेत्रको अध्ययन गर्न नसक्ने दावी पनि गर्नु भयो । बैठकमा प्रमुख प्रतिपक्ष दल काँग्रेसका अर्का सांसद राजन केसीले बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्न तत्कालीन सरकारले जम्मा गरेको बजेटबारे जानकारी गराउन पनि सरकारसँग माग गर्नु भयो ।

दुवै दलका सांसदबीच राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा भनाभन भईरहँदा बैठकमा समितिको वार्षिक कार्ययोजना बनाएर अघि बढने विषय ओझेलमा पारिएको भन्दै सत्तारुढ दलका सांसदहरुले सभापति भरतकुमार शाहप्रति असन्तुष्टि जनाएका थिए । राष्ट्रपति विद्या भण्डारीलाई १८ करोडको गाडी खरिद गर्ने सरकारको तयारी भन्ने विषय बाहिर आएपछि सोही विषयलाई लिएर सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुबीच विवाद भएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com