आमाले तरकारी बेचेर पढाएको जिल्लाकै पहिलो जहाज उडाउने छोरा


प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार

घरको आर्थिक अवस्था त्यति सहज थिएन । बुबा नेपाली सेनाको हवल्दारबाट निवृत्त भएर गाउँमै खेती किसानी गर्थे । पढाइमा सानैदेखि अवल रहेका उनले जिल्लाकै पहिलो पाइलट बन्ने लक्ष्यका साथ विद्यालयमा कडा मेहेनत गरी अध्ययन गर्ने गर्थे ।

साथीभाइ कोही डाक्टर, कोही इञ्जिनीयर, कोही वकिल, कोही शिक्षक बन्ने कुरा गर्थे तर उनी भने पाइलट बन्ने सपना बुनें । कतिपय साथीले उनको कुरा सुनेर खिल्ली उडाउँथे । जसले जस्तो व्यवहार गरे पनि उनी विचलित भएनन् । निरन्तर आफ्नो लक्ष्य चुम्न कडा मेहेनत गरिरहें ।

उनी हुन्, शिव डाँगी । रोल्पाकै पहिलो पाइलट । रोल्पा नगरपालिका–२ थलिवाङमा बुबा प्रेमबहादुर डाँगी र आमा शोभा डाँगीबाट २७ वर्षअघि जन्मिएका शिव डाँगी अचेल बुद्ध एयरको पाइलट बनेर नेपाली र भारतीय आकाशमा दिनहुँ जहाज उडाइरहन्छन् ।

कक्षा १० सम्म रोल्पाको तुलसी आवासीय माविमा अध्ययन गरेका उनले उच्च माविस्तरको पढाइ भने काठमाडौबाट पूरा गरे । फिलिपिन्सको मनिलामा सन् २०११ देखि फास्ट एडिएसन एकेडेमीमा पाइलट कोर्ष शुरु गरेका उनले त्यसअघि पनि सोही स्थानमा रहेको एक विद्यालयमा अध्ययन आरम्भ गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

झण्डै ३२ लाख खर्च गरेका उनले सो विद्यालय नै बन्द भएपछि केही समय पढाइ रोक्न बाध्य भए । लक्ष्य चुम्ने धोकोका कारण उनी फेरि पाइलट पढाउने अर्को कलेजको खोजी गर्दै जाँदा फास्ट एडिएसन एकेडेमीमा पुगे जहाँबाट उनले पाइलट कोर्ष पूरा गरे ।

फिलिपिन्समा लगातार आठ वर्ष अध्ययन गरेका उनले पढाइ सकेर त्यही जहाज चलाउन शुरु गरे । मातृभूमिको सेवा गर्ने सोचले गत कात्तिकमा नेपाल आएका उनले त्यसयता बुद्ध एयरको जहाज चलाइरहेका छन् । नेपाल तथा भारतका विभिन्न भागमा जहाज चलाउने गरेका उनले लक्ष्य लिएर अगाडि बढे असफल भइँदैन भन्ने पाठ सिकेको बताउनुभयो ।

नेपाली सेनाबाट निवृत्त बुबा प्रेमबहादुर डाँगीको पेन्सनबाट प्राप्त हुने मासिक रु १६ हजारले घर खर्च ठिक्क हुन्थ्यो । कक्षा १२ सम्मको अध्ययन छात्रवृत्तिमा गरे पनि फिलिपिन्सको पढाइमा धेरै खर्च लागेको उनको परिवारले जनाएको छ ।

आमाले रातदिन पसिना बगाएर तरकारी बिक्री गर्थिन् । मासिक रु ५० हजार बढी तरकारीबाट आम्दानी हुन्थ्यो । छोरा पढाउने आधार नै तरकारी खेती हो, शिवको आमा शोभाले भनिन् ।

छोरो पढाइमा निकै तेज थियो । कुनै कक्षामा पनि दोस्रो भएन शोभाले भनिन् । शुरु शुरुमा छिमेकीले छोरा पाइलट बन्ने कुरामा खिसीट्युउरी गर्थे शोभाले भनिन् ।

तरकारी बिक्री गरेको पैसाका साथै जग्गासमेत बिक्री गरेर छोरालाई पाइलट बनाएरै छाडँे उनी भनिन् । बैंकबाट ऋण लिएको बाँकी पैसा अहिले छोराले तिरिरहेको छ, शोभाले भनिन् । पुरै कोर्ष पूरा गर्दा रु एक करोड जति खर्च लागेको आमा शोभाले भनिन् ।

कान्छो छोरा कृष्ण डाँगीले समेत काठमाडाँैमा इञ्जिनीयर पढिरहेका छन् । एक छोरा पाइलट र अर्को छोरा इञ्जिनीयर पढाउने मुख्य आधार तरकारी खेती भएको शोभाको भनाइ छ । तरकारी खेतीबाटै छोरालाई पाइलट, इञ्जिनियर बनाउन सकेकोमा गर्व लाग्छ उनी भनिन् ।

 

रोल्पा जस्तो दुर्गम जिल्लामा अध्ययन गरेका शिव अहिले रोल्पाकै पहिलो पाइलट बनेर आकाशमा उडिरहेका छन् । मध्यमवर्गीय परिवारमा जन्मेका शिवको सानैदेखि लिएको अविचलित लक्ष्यका कारण सफल भएका छन् ।

आम्दानीको कुनै भरपर्दो स्रोत नभएको उनको परिवारले तरकारी खेतीबाट आएको आम्दानीबाटै उनलाई पाइलट बनाउन सफल भयो । अहिले शिव डाँगी रोल्पाका एक मात्र पाइलट भनेर हाइहाई भएका छन । उनलाई पढाउने विद्यालय तुलसी आवासीय माविले समेत शिव डाँगीको नाम बारम्वार लिने गर्दछ ।

दश वर्षे सशस्त्र युद्धबाट देशमै सबभन्दा बढी प्रभावित रोल्पाका अधिकांश युवा पढ्दापढ्दै रोजगारीका लागि खाडी मुलुक जान बाध्य छन् । पढेर देशमै स्वरोजगार बन्ने थोरै युवाको पङ्क्तिमा उभिन सफल भएका छन् शिव डाँगी ।

जिल्लामा झण्डै ४५ हजार युवा खाडी मुलुकमा रहेको बताइन्छ । जिल्ला प्रशासन कार्यालयको अभिलेखअनुसार दैनिक १६ जना युवाले विदेश जान राहादानी लिने गर्दछन् । दुई लाख २४ हजार ५०६ जनसङ्ख्या रहेको रोल्पामा जनजातिको बाहुल्यता रहेको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com