विदेश जानेको लाइन !


प्रकाशित मिति : कार्तिक १९, २०७५ सोमबार

वैदेशिक रोजगारकालागि जाने नेपाली कामदारले श्रम स्वीकृतिकालागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता जस्ताको तस्तै छ । खसोखासकर्मी बिक्रम खत्री सोमबार वैदेशिक रोजागार विभाग पुग्दा देखिएको दृश्य ।

सरकारले श्रम स्वीकृति अनलाईन प्रणालीमार्फत नै गर्ने व्यबस्था गरेपनि अनलाइन प्रणालीमार्फत श्रम स्वीकृत लिन समेत वैदेशिक रोजगार विभाग ताहचलमा सेवाग्राही घण्टैँँ लाइन बस्नुपर्ने बाध्यता छ ।

दशैँ मनाउन वैदेशिक रोजगारबाट नेपाल फर्किएका कामदार र नजिकिएको तिहार तथा छठ मनाउन परदेशबाट फर्किएका कामदार प्रायः श्रम स्वीकृतिकालागि एकैचोटी विभागमा आउने गरेकोले विभागमा पूर्व, अन्तिम तथा पुनः श्रम स्वीकृति लिने सेवाग्राहीको चाप बढेको हो ।

विभागमा अरु समयको भन्दा अत्याधिक चाप बढेसँगै गत शनिबार समेत विभागले पुनः श्रम स्वीकृतिको काम गरेको थियो। विभागमा यो समयमा पूर्व तथा अन्तिम श्रम स्वीकृति भन्दापनि पुनः श्रम स्वीकृतिको लागि आउने सेवाग्राहीको संख्या बढेसँगै विभागले शनिबारपनि सेवाग्राहीको सहजताकालागि काम गरेको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com