जयनगर–जनकपुर रेल सेवा छिट्टै सञ्चालनमा आउने, यसरी हुँदैछ तयारी


प्रकाशित मिति : आश्विन २४, २०७५ बुधबार

बहुचर्चित जयनगर–जनकपुर रेल सेवा छिट्टै नै पुनः सञ्चालनमा आउने भएको छ ।
रेल विभागका महानिर्देशक बलराम मिश्रले मङ्सिरसम्ममा जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जानकारी दिए । रेल सेवा सञ्चालनका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।

रेल सेवा सञ्चालनका लागि भारतसँग रेल भाडामा लिने जानकारी समेत महानिर्देशक मिश्रले दिए। तीन वा दुईवटा रेल भाडामा लिनेबारे छलफल भइरहेको जानकारी उनले दिए । गाेरखापत्रमा खबर छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com