तरुणदल अमेरिकाले प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने


प्रकाशित मिति : आश्विन ९, २०७५ मंगलबार

बहुमतको ओली सरकार तानाशाही भएको भन्दै तरुणदल अमेरिकाले प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोध गर्ने भएको छ । तरुण दल अमेरिकाले सरकारले अधिनायकवादी चरित्र देखाएको, राज्यले जनतामाथी दमन गरेको, भ्रष्टाचार, दिन दहाडै हत्या एवं बलत्कारका घटना बढेको र अनियन्त्रित भएको भन्दै प्रधानमन्त्री ओलीलाई संयुक्त राष्ट् संघ अगाडि कालो झण्डा देखाउने जनाएको छ ।

संयुक्त राष्ट्संघको महासभाको ७३ औं अधिवेशनमा सहभागि हुन अमेरिकामा रहेका प्रधानमन्त्रीलाई म्यानहाटनको संयुक्त राष्ट् संघको मुख्यालय नजिक फष्ट एभिन्यू र ४७ स्ट्ीटमा कालो झण्डा सहित व्यापक बिरोध प्रर्दशन गर्ने जनाएको छ ।

यस्तै गैरआवासिय नेपाली संघ राष्ट्यि समन्व्य परिषद अमेरिकाको संयोजन, प्रवासी नेपाली मञ्च अमेरिका, नेपाल आदिवासी जनजाती महासंघ र नेपाली संघिय समाजले संयुक्त रुपमा प्रधानमन्त्री ओलीको सम्मानार्थ आयोजना गर्न लागेको कार्यक्रममा समेत कालो झण्डा देखाउने र बिरोध गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस महाधिवशेन प्रतिनिधि प्रमोद सिटौलाले जानकारी दिएका छन् ।

देशमा दैनिक अत्याचार, हत्या हिंसा बढ्दै गएको र आम नेपाली जनता रोईरहेका बेला प्रधानमन्त्री ओलीको सम्मानको औचित्य नरहेको भन्दै बिरोध गर्न लागिएको सिटौलाले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधि मण्डल सहित यतीखेर अमेरिकाको न्यूयोर्क राज्यमा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com