अब हाम्रै देशमा छापिने भयो नेपाली नोट


प्रकाशित मिति : आश्विन ५, २०७५ शुक्रबार

सरकारले नोटसमेत छाप्ने गरी सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी प्रेस) राख्ने काम अघि बढाएको छ । सेक्युरिटी प्रिन्टिङ केन्द्रले प्रेस राख्नका लागि इलेक्ट्रिक पावर एन्ड इलेक्ट्रोमेकानिकल इन्फास्टक्चर जडानको तयारीमा जुटेको छ ।

केन्द्रले इलेक्ट्रिक पावर एन्ड इलेक्ट्रोमेकानिकल इन्फास्टक्चरको आपूर्ति, जडान र सञ्चालनका लागि बोलपत्र आब्हान गरेको छ । आउदो कात्तिक ४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन तोकेको छ । प्रेस राख्नअघि आवश्यक इलेक्ट्रिक पावर र इलेक्ट्रोमेकानिकल उपकरण जडानका लागि काम सुरु गरिएको केन्द्रका खरिद अधिकृत मनिक महर्जनले बताए । सेक्युरिटी प्रेस राख्न अघिको पुर्वतयारी भएको उनले बताए ।

सेक्युरिटी प्रेस राख्न विशेष किसिमको विद्युत आपूर्ति प्रणाली आवश्यक पर्ने भएकाले पहिलो चरणमा यसको खरिद प्रक्रिया अघि बढाएको उनको भनाई । पुर्वाधार जडानपछि सेक्युरिटी प्रेसका लागि बोलपत्र आब्हान हुने महजर्नले जानकारी दिए । सेक्युरिटी प्रेस ३ वर्षभित्र सञ्चालनमा ल्याउने तयारी भएको उनले सुनाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेक्युरिट प्रेसले कागजी नोट, राहदानी, चेकबुक र वायोमेट्रिक कागजातलगायतको एकिकृत छपाइ गर्ने छ । हाल बैंक नोट, राहदानी, बैंकको चेकलगायत सुरक्षण सम्बन्धित सम्पुर्ण छपाई विदेशमा हुने गरेको छ । सुरक्षण छपाइमा मात्रै वर्षेनी अर्बाै रुपैयाँ विदेशिने गरेको छ । यसलाई रोक्न र सुरक्षाका लागि भन्दै सरकारले स्वदेशमै नोट छपाइलगायत सबै काम गर्नका लागि उच्च प्रविधियुक्त प्रेस राख्न लागेको हो ।

सरकारी छपाइका लागि मुद्रण विभाग सञ्चालनमा रहेपनि नोट, राहदानीलगायत अन्य सुरक्षणको छपाइ विदेशमा निर्भर हुनपरेको छ । सरकारले मुद्रण विभागबाट छपाइको तयारी गरेपनि पछि सुरक्षाको कारण देखाउदै विदेशमा छपाइ हुदै आएको छ । राष्ट्र बैंकले चीन, भारत, इण्डोनेशियालगायत मुलुकमा प्रतिस्पर्धाबाट बैंक नोट छाप्दै आएको छ । वार्षिक ५० करोड रुपैयाँ भन्दा बढी रकम बैंक नोट छाप्नमा विदेशिने गरेको छ । यस्तै एमआरपी राहदानी फ्रान्सको ओवर्थर टेक्नोलोजीजमा छापेको छ ।

दुई वर्षअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा लगानी बोर्डको २४ औं बैठकले नोट, चेकवुक लगायत अन्य सुरक्षण छपाइका लागि नेपालमै सेक्युरिटी प्रेस राख्ने निर्णय गरेको थियो ।

र यो पनि

नेपालमा चलाइने पैसा (नोट) चिनमा यसरी छापिन्छ, लिक भयो फ्याक्ट्री भित्रको फोटो (फोटो सहित)

हामीले पैसा त दैनिक कारोबारमा चलाई रहेकै हो तर तपाईंलाई नेपाली नोट कहाँ र कसरी छापिन्छ होला भन्ने लागेको होला । आज हामी तपाईलाई नेपाली नोट कसरी र कहाँ छापिन्छन् भन्ने देखाउँदै छौँ । नेपालमा हाल ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नोट प्रचलनमा छन् ।

यी नोटहरु सबै एकै देशमा र ठाउँमा छापिँदैनन् । त्यसमध्ये केही नोट चीनमा छापिने गरेका छन् । नेपालमा प्रचलनमा रहेका १०० र १००० रुपैयाँको नेपाली नोट सन् २०१६ मा चिनिया बैंक नोट प्रिन्टिङ कारखानामा छापिएका छन् ।

हालै चीनको नानछाङ बैंक–नोट प्रिन्टिङ्ग कारखाना तथा नेपाल राष्ट्र बैंकबीच छब्बीस करोड वटा ५ रुपैयाँको नेपाली नोट छाप्ने ठेक्कामा सम्झौता भएको छ ।

गत वर्ष अर्थात् सन् २०१६ मा नेपालको लागि रुपैयाँ १०० तथा १००० का नोट यसै कारखानाले छापेको थियो । सोही कम्पनीले अन्तर्राष्ट्रिय बोलपत्र आह्वानमार्फत यो वर्ष पनि नोट छाप्ने अनुमति पाएको छ । यसरि छापिदो रहेछ चिनमा नेपाली नोट :

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com