दुई वर्षभित्र महिलाका दुई बच्चाको मृत्यु, आमाको कम्प्युटर खोल्दा तर्सियो पुलिस


प्रकाशित मिति : आश्विन ५, २०७५ शुक्रबार

अमेरिकामा दुई बालबालिकाको मृत्युको निकै आश्चर्यजनक घटना भएको छ । यहाँ दुई वर्षभित्र एक महिलाका २ सन्तानको मृत्यु भयो । दुवै बालबालिका स्वस्थ थिए र दुवैको मृत्यु सास रोकिएर भएको थियो । पहिलो मृत्युमा पुलिसलाई शंका भएन तर दोस्रो मृत्युपछि भने पुलिसलाई गडबडीको आशंका भयो । पुलिसले जब महिलाको कम्प्युटरको जाँच गर्यो तब ती बालबालिकाको मृत्युको रहस्य खुल्यो ।

कम्प्युटर खोलेर जाँच गर्दा प्रहरीले थाहा पायो कि ती दुवै बालबालिकाको हत्या उनहिरुकै आमाले गरेकी थिइन् । बालबालिकाको हत्या गर्नुभन्दा पहिले उनले इन्टरनेटमा हत्याको तरिकाबारे खोजेकी थिइन् । अलास्काकी २३ वर्षकी स्टेफनीले आफ्ना दुवै सन्तानको हत्या गरेको बताइएको छ । उनको यसअघिको प्रेम सम्बन्धबाट जन्मिएको पहिलो छोराको ४ महिनाको उमेरमा सेप्टेम्बर १५ २०१५ मा मृत्यु भएको थियो । ती बालक स्वस्थ थिए र उनको मृत्यु दिमागमा अक्सिजनको कमीका कारण भएको थियो ।

यो घटनामा प्रहरीलाई शंका भएन र यो घटनाको कुनै अनुसन्धान भएन । त्यसपछि स्टेफनीको अर्को सम्बन्ध सुरु भयो । अर्को सम्बन्धबाट स्टेफनीले छोरी जन्माइन् । गएको नोभेम्बरमा उनकी छोरीको पनि उस्तै किसिमले मृत्यु भयो । दोस्रो बच्चाको मृत्युको कारण पनि दिमागमा अक्सिजनको कमी नै थियो । लगातार २ बच्चाको मृत्यु एउटै कारणबाट भएपछि भने पुलिसलाई शंका लाग्यो । त्यसपछि पुलिसले बच्चाको मृत्युको जाँच सुरु गर्यो ।

अनुसन्धानको क्रममा जब फरेन्सिक टिमले महिलाको कम्प्युटरको जाँच गर्यो तब उनीहरुले अनौठो किसिमको सर्चको पूरै सिरिज हात पारे । टिमका अनुसार यी सबै सर्च उनकी छोरीलाई अस्पताल लैजान फोन गर्नुभन्दा ठिक १ घण्टा अगाडि गरिएका थिए । यसमा सर्च गरिएको थियो कि बिना कुनै सबुत छोडेर कसरी हत्या गर्ने ? गत बुधबार स्टेफनलाई पक्राउ गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com