अनलाईनमा आफ्नोबारेका धेरै सुचना शेयर नगर्न अमेरिकी सरकारको चेतावनी


प्रकाशित मिति : आश्विन ३, २०७५ बुधबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अनलाईनमा आफ्नोबारे धेरै सुचनाहरु शेयर नगर्न जनचेतना जगाएको छ । साइबर अपराधीहरुले यसरी शेयर गरिएका सुचनाहरुको उपयोग गरेर साइबर आक्रमण गरिरहेको भन्दै अमेरिकी सरकारले सचेतना जगाएको हो ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जारी गरेको सुचना अनुशार हरेक दिन ६ लाख फेसबुक एकाउन्टहरु ह्याक हुने गरेका छन् भने ४७ प्रतिशत अमेरिकन जवानहरुको व्यक्तिगत सुचनाहरु साइबर अपराधीहरुसँग रहेको छ । त्यस्तै हरेक ३ वटामा एउटा घरको कम्प्युटर दुर्भावनापूर्ण सफ्टवेयरबाट प्रभावित रहेको छ ।

जतिसुकै बलियो र लामो पासवर्ड भएपनि चोरी सम्भव भएकाले लगइनका लागि धेरै स्वीकृति आवश्यक पर्ने मल्टी फ्याक्टर अथेन्टिकेशन राख्न सुझाव दिइएको छ । वाईफाई सुरक्षा र एप्लिेकशन सुरक्षाका लागि अमेरिकी सरकारले विभिन्न टिप्सहरु दिएको छ ।

त्यस्तै भुगोल शेयर नगर्न, आफूले माया गर्ने व्यक्तिका विवरणहरु शेयर नगर्न, नामहरु, फोननम्बरहरु, ठेगानाहरु, कामगर्ने स्थल वा स्कुलका लोकेशनहरु शेयर नगर्न पनि सुझाव दिइएको छ । तपाई कहाँ हुनुहुन्छ भन्ने भौगोलिक अवस्थीति जनाउने जिओट्याग अफ गर्न पनि सुझाव दिइएको छ ।

 

साइबर अपराधीबाट जोगिन अमेरिकी सरकारले दिएका थप टिप्सहरु यहाँ पढ्नुहोला ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com