Follow @khasokhasmag

घातक हतियार देखाउँदै भारतलाई पाकिस्तानको धम्की: अरुलाई गर्ने व्यवहार नसुधारे खरानी बनाउँछौ !


प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार

भारत पाकिस्तान सम्बन्धमा अहिले पनि सुधार आएको छैन । पाकिस्तानले भारतलाई बेलाबेलामा धम्की दिने गरेको छ । पाकिस्तानले सधैं भारतसँग वार्ता चाहेको तर भारतले वार्ता नचाहेको आरोप लगाउँदैं आएको छ । परमाणु हतियार साथमा भएका देशहरु बिचको जुहारीले त्यस देशका जनता र उनिहरुका छिमेकी देशहरुमा डर पैला गर्ने देखिएको छ ।

सोमवार संसद को संयुक्त सत्र मा आफ्नो पहिलो सम्बोधनमा पाकिस्तानका नव निर्वाचित राष्ट्रपति अरिद अलीले कश्मीरको मुद्धा फेरि उठाएका छन । उनले कश्मिरका जनतामा स्व९संकल्पको अधिकार भएको बताएका छन । उनले अन्तर्राष्ट्रिय समुदायलाई कश्मिरी जनताको लडाइमा सहयोग गर्न आग्रह गरे । अल्वीले भने कि पाकिस्तानले भारतसँग शान्तिपूर्ण सम्बन्ध चाहन्छ तर कश्मिरका जनतामाथि भएको ज्याजति सहन सक्दैन ।

जियो समाचारले राष्ट्रपतिलाई उद्धृत गर्दै भनेको छन, “पाकिस्तान कश्मीरमा शान्ति खोजिरहेको छ, हामी हाम्रो प्रयास जारी राख्छौं। कश्मीरी जनतालाई आत्मा संकल्पको अधिकार छ र म अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न आग्रह गर्दछु ।”

अल्वी, प्रधानमन्त्री इमरान खानको नजिकको नजिक र पाकिस्तानको तेहर ई इन्फफ (पीटीआई) पार्टीको संस्थापक सदस्य संसदको संयुक्त सत्रमा पहिलो पल्ट संसदका बोल्दैं यस्तो बताएका हुन । उनी ९ सेप्टेम्बरमा देशको १३ औं राष्ट्रपति बनेका हुन । उनले कश्मीर मुद्दाको बारेमा एकअर्कालाई दोष लगाउनु भन्दा, सरकारले दुवै स्तरमा यसको प्रयास जारी राख्नुपर्ने जनाएका छन । राष्ट्रपतिले भने कि भारत र पाकिस्तानबीच सम्बन्ध सुधार गर्न महत्त्वपूर्ण छ। पाकिस्तान कश्मीर सम्बन्धमा आफ्नो प्रयास जारी राख्नेछ। एजेन्सीको सहयोगमापाकिस्तानसँगका खतरनाक हतियार यस्ता छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com