पल र पूजाले जिते उत्कृष्ट नायक-नायिकाको अवार्ड


प्रकाशित मिति : आश्विन १, २०७५ सोमबार

केही दिन अगाडी पचास भन्दा बढी नेपाली कलाकारहरु जापानको लागि उडेका थिए । जापानको टोकियोमा आयोजना भएको सूर्य इन्टरनेशनल अवार्डको लागि ती कलाकारहरु जापान पुगेका हुन् ।

सूर्य इन्टरनेशनल अवार्ड २०१८ आइतबार सम्पन्न भएको छ । गत वर्ष रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ चलचित्रले उत्कृष्ट चलचित्रको अवार्ड पाएको छ । ‘म यस्तो गीत गाउँछु’ का निर्देशक सुदर्शन थापाले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् । त्यस्तै ‘ म यस्तो गीत गाउँछु’ कै अभिनेता पल शाहले उत्कृष्ट नायक र अभिनेत्री पूजा शर्माले उत्कृष्ट नायिकाको अवार्ड हासिल गरेका छन् । चलचित्र छक्का पन्जा २ ले उत्कृष्ट मास पपुलर अवार्ड प्राप्त गरेको छ ।

सूर्य इन्टरनेशनल अवार्डमा अभिनेता अनमोल के.सीले लोकप्रिय अभिनेताको अवार्ड पाएका छन् भने अभिनेत्री सम्राज्ञी राज्य लक्ष्मी शाहले लोकप्रिय अभिनेत्रीको अवार्ड हात पारेकी छिन् । उक्त अवार्ड कार्यक्रममा नेपालको पहिलो हाँस्य महिला कलाकार वसुन्धरा भुसाललाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । त्यस्तै अभिनेता भुवन के.सीलाई सूर्य कलाकारिता सम्मान २०१८ बाट सम्मान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com