‘कांग्रेस माकुराको जालो हो, बहुमतको सरकारलाई छेक्न सक्दैन्’- गण्डकी प्रदेशका सांसद पहारी


प्रकाशित मिति : भाद्र २५, २०७५ सोमबार

नेपाल कम्यूनिष्ट पार्टीका प्रभावशाली युवा नेता राजिव पहारीले प्रतिपक्षी नेपाली कांग्रेसलाई माकुराको जालोको संज्ञा दिएका छन् । बहुमतको सरकारले बिकास निमार्णको अभियान शुरुवात गर्दा अनावश्यक रोकावट गरेको भन्दै उनले हात्तिलाई माकुराको जालोले छेक्न नसक्ने बताएका छन् ।

तिसौं बर्षपछि स्थायि सरकार आएको र जनताले बिकास चाहेको भन्दै नेपाली कांग्रेसको बिरोधले सरकारलाई केही असर नगर्ने दावी गर्दै जालोले छेक्ने प्रयत्न नगर्न समेत चेतावनी दिएका छन् ।

अमेरिकाको न्यूयोर्कबाट प्रकाशित हुँदै आएको खसोखास म्याग्जिनका प्रवन्ध सम्पादक अनिल अधिकारीसंग बिशेष कुराकानी गर्दै नेता पहारीले समृद्ध नेपाल खुसी नेपालीको अभियान केपी नेतृत्वको सरकारले पुरा गरेर छाड्ने बताउँदै युवा संघका पूर्व अध्यक्ष समेत रहेका पहारीले अबको पाँच बर्षमा समृद्ध नेपालको जग बस्ने र अर्को पाँच बर्षमा समृद्ध नेपाल बन्ने दावी गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

देशभर बिकासको लहर आएको छ, हामी जनताको त्यो भावनाको कदर गर्दै सोही अनुसार काम गरिरहेका छौं, गण्डकी प्रदेशका सांसद समेत रहेका नेता पहारीले विश्वभर रहेका नेपालीहरुलाई बिकासीत नेपाल बनाउने महान अभियानमा सहभागि हुन समेत आग्रह गरेका छन् ।

बिदेशमा रहेका नेपालीहरुलाई नागरिकता दिन आफ्नो दल र आफु लागि रहेको जनाउँदै पहारीले भने, सम्पूर्ण गैरआवसिय नेपालीलाई नागरिकता दिनका लागि संसदमा बिधेयक पेश भएको छ, त्यो पारित हुन्छ, राजनीतिक अधिकार बाहेक सबै अधिकार दिनका लागि बिधयेकमा भएका र तर पनि जस्ता शब्द हटाएर एनआरएन नेपालीहरुलाई नागरिकता दिन्छौं ।

पूर्व एमाले र माओवादी केन्द्रको एकिकरणपछि एउटै पार्टी जस्तो लाग्छ भन्ने जिज्ञासामा नेता पहारीले अब नेपालमा एमाले र माओवादी नरहेको उल्लेख गर्दै अमेरिकामा जस्तै दुई पार्टीको अबधारणमा नेपाल जानुपर्ने बताए । उनले भने च्याउ उम्रे जस्तै सयौं पार्टीको अब नेपालमा जरुरी छैन् ।

केही दिनदेखी अमेरिकाको भ्रमणमा रहेका नेता नेपालले अमेरिकामा रहेका नेपालीहरुले गरेको प्रगतीले आफु खुसी भएको र आफ्नो ज्ञानको स्तरमा समेत बृद्धि भएको जनाउँदै, नेपालमा झन्झटिलो कानुन र स्थायी सरकार भयो भने नेपालीहरुले धेरै प्रगती गर्ने रहेछन्, भन्ने कुरामा आफु प्रष्ट भएको उल्लेख गरे ।

सरकार मनोमानी ढंगले अगाडि बढेको हो भन्ने प्रश्नमा नेता पहारीले भने, सरकार स्थायी हो, यसले आफुले देखेको सपना पुरा गर्नका लागि सानातिना कुरा भुलेर अगाडि बढ्नुपर्छ, उनले भने अहिले सबै कुरामा अदालत बाधक भएको छ, अमेरिकामा जस्तै सरकारको कार्यकारी मान्छेले अदालतमा आफ्नो पक्षको मुख्य व्यक्ति नियुक्ती गर्न पाउने कानुन बनाउनुपर्ने बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com