फिडेल क्यास्ट्रोको मृत्युमा ट्रम्प खुशी, ओबामाबाट समवेदना


प्रकाशित मिति : मंसिर १२, २०७३ आईतबार

क्युवाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोको निधनप्रति टिप्पणी गर्दै अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले तानाशाहको अवशान भएको बताएका छन् । ट्रम्पले क्यास्ट्रोको मृत्युको दिनलाई विश्वले एउटा निर्दयी तानाशाहको अवशानका रुपमा लिने टिप्पणी गरेका छन् । त्यस्तै नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति माइक पेन्सले क्यास्ट्रोको निधनप्रति टिप्पणी गर्दै एउटा तानाशाह क्यास्ट्रोको निधनले नयाँ आशाको उदय भएको बताएका छन् ।

ऋमेरिकाका वर्तमान राष्ट्रपति बराक ओबामाले भने क्यास्ट्रोको निधनपछि उनको परिवारप्रति समवेदना व्यक्त गर्दै क्युवाका जनताप्रति साथीत्वको हात बढाएका छन् । ओबामाले आफ्नो कार्यकालमा क्युवा र अमेरिकाबीचको सम्बन्ध सुधारका लागि गरेको प्रयासको पनि उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपति ओबामाको वक्तब्य लगत्तै रिपब्लिकन सिनेटर मार्को रुबियोले त्यसको आलोचना गरेका छन् । तानाशाह क्यास्ट्रोको निधनमा ओबामाबाट अत्यन्तै दयनीय वक्तब्य निकालिएको र वक्तब्यमा क्यास्ट्रोबाट मारिएका र कैद गरिएका हजारौंबारे उल्लेख नगरिएको भन्दै रुबीयोले आलोचना गरेका हुन् ।

फिडेल क्यास्ट्रोको जीवन तस्विरमा

यसैबीच अमेरिकाका विभिन्न स्थानमा फिडेल क्यास्ट्रोको मृत्युमा उत्सव मनाइएको छ । मायामीमा सडकमा उत्रिएको भींडले क्यास्ट्रोको निधनमा खुशी मनाएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com