काठमाडौंमा भीभीआइपीहरुको सवारी,सर्वसाधारणलाई सास्ती


प्रकाशित मिति : भाद्र १३, २०७५ बुधबार

बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगाल खाडीका राष्ट्रहरूको प्रयास ९बिम्स्टेक०को चौथो शिखर सम्मेलनमा भाग लिन भुटानको अन्तरिम सरकारका कार्यवाहक अध्यक्ष लोपेन छिरिङ वाङ्चुक काठमाडौं आइपुग्नुभएको छ ।

बुधबार बिहान काठमान्डौ आइपुग्नुभएका कार्यवाहक अध्यक्ष वाङ्चुकलाई त्रिभुवन अन्तराष्टिय विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो ।

विमानस्थलबाट सीधै कार्यक्रम स्थल होटल सोल्टीमा पुग्नुभएका वाङ्चुकले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

यसैबीच हिजो काठमाडौं आइपुग्नुभएका म्यानमरका राष्ट्रपति वीन मिइन्ट आज लुम्बिनी भ्रमणकालागि त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम छ । उहाँ आज विहान ९ः३० बजे लुम्बिनी प्रस्थान गर्नुहुनेछ ।

विमस्टेक वैठककालागि भीभीआइपीहरुको काठमाडौं आगमनले राजधानीको जनजीवन भने प्रभावित भएको छ । भीभीआइपीहरुको सवारीले राजधानीमा विहानैदेखि सवारी नचल्दा सर्वसाधारणहरुले गन्तव्यमा पुग्न सास्ती खेप्न बाध्य भउका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com