नेपाली विद्यार्थीलाई अमेरिकी भिसामा बृद्धि


प्रकाशित मिति : मंसिर १०, २०७३ शुक्रबार

 

शैक्षिक सत्र २०१५ /१६ मा नेपालीले गत आर्थिक बर्षको तुलनामा धेरै संख्यामा अमेरिकाको विद्यार्थी भिसा पाएको एक तथ्यांकले देखाएको छ । २०१६ को अन्तर्राष्ट्रिय शैक्षिक आदनप्रदानबारे जारी ओपेन डोर प्रतिवेदनका अनुसार अमेरिकी कलेज तथा विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीको संख्यामा अघिल्लो बर्षभन्दा १८.४५ ले बृद्धि भएको छ ।

यो शैक्षिक सत्रमा ९,६६२ जना नेपाली विद्यार्थीहरु अमेरिकी कलेज र विश्वविद्यालयमा भर्ना भएका छन् । जब की गत शैक्षिक शत्रमा ८,१५८ जना नेपाली विद्यार्थीहरु अमेरिकी कलेज र विश्वविद्यालयहरुम भर्ना भएका थिए ।

अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष २०१५ मा ४ हजार ६ सय ४५ जना नेपाली विद्यार्थीहरुले अमेरिकी भिसा प्राप्त गरेका थिए । जब की अघिल्लो आर्थिक बर्ष २०१४ मा २३६३ जना नेपाली विद्यार्थीहरुले अमेरिकाको भिसा पाएका थिए । त्यस्तै आर्थिक बर्ष २०१३ मा जम्मा १५७५ जना नेपाली विद्यार्थीहरुले अमेरिकाको भिसा पाएका थिए ।

यसबारे थप जान्न यहाँ क्लिक गर्नुहोला । 

शैक्षिक सत्र २०१५ / १६ मा अमेरिकी कलेज र विश्वविद्यालयमा भर्ना भएका ९,६६२ जना नेपाली विद्यार्थीहरुमध्ये १६ दशमलव १ प्रतिशत बिजनेश र मेनेजमेन्टका विद्यार्थीहरु छन् भने शुन्य दशमलव ६ प्रतिशत शिक्षाका विद्यार्थीहरु छन् । त्यस्तै सबैभन्दा धेरै नेपाली विद्यार्थीहरु भने फिजकल लाइफ साइन्सका २२ दशमलव ३ प्रतिशत र त्यसपछि म्याथ र कम्प्युटर साइन्सका २१ दशमलव ८ प्रतिशत रहेका छन् । त्यस्तै अमेरिकामा इन्जिनियरिङ पढ्ने नेपाली विद्यार्थीहरुको संख्या १६ दशमलव ३ प्रतिशत रहेको छ भने ६ दशमलव ४ प्रतिशत हेल्थका विद्यार्थीहरु रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com