मलेसियामा बढ्ने भयो कामदारको तलब कत्ति बढ्दैछ ?


प्रकाशित मिति : श्रावण २५, २०७५ शुक्रबार

लाखौं नेपालीहरुलाई रोजगार दिएको मुलुक मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पुर्ण स्वदेशी र विदेशी कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने तयारी गरेको छ । मलेसियन सरकारको यो निर्णय कार्यान्वयन भएमा नेपाली लगायत मलेसियामा कार्यरत सम्पुर्ण स्वदेशी तथा विदेशी कामदारहरु प्रत्यक्ष लाभ पाउने भएका छन ।

कामदारहरुको पारिश्रमिक बृद्धिसम्बन्धी नीतिगत प्रस्ताव छिट्टै नै छलफलमाका लागि संसदमा लग्ने जनाइएको छ । मानव संसाधनमन्त्री एम कुलासेगरनले निजी क्षेत्रका सम्पुर्ण कामदारको पारिश्रमिक बढाउने प्रस्ताव अगाडि ल्याएका छन । यदि सरकारको यो निर्णय कार्यान्वयन भएमा अब मलेसियामा काम गर्ने कामदारको मासिक न्युनतम पारिश्रमिक १५ सय रिंगेट पुग्ने भएको छ। मलेसियामा महाथिर बिन मोहम्मद प्रधानमन्त्री भएसँगै सुसाशन भ्रष्टाचार र कामदारको हितको पक्षमा मलेसिया लागि परेको देखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com