अचम्मको बाँदर रोक्न ‘बाँदर घाँस’


प्रकाशित मिति : श्रावण २३, २०७५ बुधबार

बाँदरले अचाक्ली दुःख दिन थालेपछि तामाकोसी गाउँपालिकाले बाँदर घाँस रोप्ने नीति लिएको छ ।

पहिलो चरणमा भीरकोटमा मोलसेस जातको घाँस रोपेर बाँदरको क्षति रोकथाम गरिएको छ ।

बाँदर घाँस रोपेपछि बाँदरको विगबिगी घटेको भीरकोटवासीले बताएका छन् ।

मोलसेस जातको घाँसमा बाँदरलाई मन नपर्ने गन्ध आउने, बोट बाक्लो हुने, पातमा झुस आउने र च्यापच्याप लाग्ने तेलजस्तो पदार्थ निस्कने भएकाले बाँदर यसको वरिपरि नै जाँदैन ।

यो घासबाट निस्कने झुस शरीरमा टाँसिएपछि निकाल्न नसकिने भएकाले बाँदर टाढैमाट फर्किने गाउँपालिका प्रमुख ईश्वरपचन्द्र पोखरेलले बताए ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com