बलात्कारको आरोप लागेका युवकले प्रहरीमा गएर ‘उसलाई माया गर्छु भन्दै’ आफ्नै घाँटी रेटे


प्रकाशित मिति : श्रावण २०, २०७५ आईतबार

२१ वर्षकी एक विवाहित युवतीले २३ वर्षका युवकमाथि बलात्कारको आरोप लगाउँदै मुद्दा दर्ता गराइन् । लगत्तै ती युवक प्रहरी चौकी पुगे र केही बेरमा उनले आफ्नै घाँटी रेटेर प्रहरी चौकीमै आत्महत्याको प्रयास गरे । प्रहरीले तत्कालै उनलाई अस्पता लिएर गयो । उपचारपछि प्रहरीले ती युवकलाई हिरासतमा लिएको छ । भारतको जोधपुरको प्रतापनगर थानामा यस्तो घटना भएको हो ।

थाना प्रमुख पुष्पेन्द्र आढाका अनुसार ती युवतीले शुक्रबार उजुरी दिएकी थिइन् । उजुरीमा ती युवतीले आफूले पहिले एउटा ब्युटी पार्लरमा काम गर्ने बताएकी छिन् । उनले ब्युटीपार्लरकी संचालिकाका भाइ लक्की भनिने लक्ष्मणसँग मित्रता भएको बताएकी छिन् । गत २४ मार्चमा आफ्नी साथीसँग गुडगाँव घुम्न गएकी थिइन् । यहाँ रातमा लक्कीले कोठामा आएर ड्रिंक पिलाए । पिउनासाथ उनी बेहोस भइन् । बिहान उनलाई थाहा भयो कि लक्कीले नशालु पदार्थ पिलाएर उनलाई बलात्कार गरेका थिए । उनको फोटो र भिडियो पनि बनाएका थिए ।

विगत २ वर्षदेखि ती युवती र लक्की सम्पर्कमा थिए । उनीहरु विभिन्न ठाउँमा घुम्न पनि गएका थिए । विगत केही दिनदेखि युवतीले लक्कीलाई पिछा छोड्न भनेकी थिइन् । तर ती युवक भने फोटो भिडियो सार्वजनिक गर्ने धम्की दिन्थे । उनले युवतीसँगको एउटा फोटो ह्वाट्सएप प्रोफाइलमा पनि राखे । उनको ब्ल्याकमेलिङबाट हैरान भएकी युवतीलाई पति र बहिनीले हिम्मत दिए । त्यसपछि उनी प्रहरीमा गएर उजुरी गरिन् ।

उजुरीको कुरा थाहा पाउनेबित्तिकै लक्की थाना पुगे । त्यतिबेला सब इन्स्पेक्टर जसराज डिओ ड्युटीमा थिए । जब प्रहरीले थाहा पाए कि युवतीले दिएको उजुरी यही युवकविरुद्ध थियो, त्यसपछि प्रहरीले उनलाई त्यही बसाल्यो । अचानक युवक उठे र चिच्याउन थाले ‘म उसँग धेरै प्रेम गर्छु । उसले मलाई अपनाइरहेकी छैन । यस्तोमा जिउँदै रहनुको कुनै अर्थ छैन ।’ यसोभन्दै उनले खल्तीमा राखेको ब्लेडले आफ्नै घाँटी काटे । उनको घाँटीबाट रगत बगिरहेको देखेपछि एकपटक त थानामा हल्लाखल्ला मच्चियो । तत्कालै उनलाई अस्पताल लगियो । उपचारपछि प्रहरीले उनलाई आत्महत्याको प्रयास गरेको अभियोगमा पक्राउ गर्यो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com