Follow @khasokhasmag

क्यान्सर भएपछि यस्ती देखिइन् बलिउड अभिनेत्री सोनाली


प्रकाशित मिति : श्रावण २०, २०७५ आईतबार

बलिउड अभिनेत्री सोनाली बेन्द्रे अहिले न्यूयोर्कमा हाई ग्रेड क्यान्सरको उपचारमा जुटिरहेकी छन् । सोनालीले आफूलाई क्यान्सर भएको जानकारी इन्स्टाग्राममा ४ जुलाईमा एक पोस्ट सेयर गरेर दिएकी थिइन् ।

यस खबरपछि चकित परेका बलिउडका अन्य कलाकार सोनालीको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । पछिल्लो दिन सोनालीले टाउको मुडुलो भएको तस्बिर सेयर गरेकी छन् । जसलाई उनले उपचारको एउटा पाटो भनेकी छन् ।

आइतवार बिहान सोनालीले एक नयाँ तस्बिरर सेयर गरेकी छन् । यो तस्बिर पहिलो नजरमा चकित बनाउने खालको छ । जहाँ सोनाली पुरै खुइलिएको टाउकोमा देखिएकी छन् ।

सोनालीसँगै तस्बिरमा सुजैन खान र शाहरुखसँग स्वदेश फिल्ममा देखिएकी गायत्री पनि देखिएकी छन् । मित्रता दिवसको खास अवसरमा सेयर गरिएको यो तस्बिरमा सोनालीमाथि क्यान्सरको उपचारको असर प्रष्ट देख्न सकिन्छ । यस तस्बिरलाई ऋतिक रोशनले खिचेका हुन् ।

‘हो म यो म नै हुन र यो अवस्थामा म खुसी छु । मानिसहरु मलाई देखेर अजीव प्रतिक्रिया दिइरहेका छन् । तर यो सत्य यही जुन कुरा मैले देखाउँदैछु । यो बेलामा म केबल हरेक कोणबाट खुसी खोज्ने कोशिसमा छु’, उनले भनेकी छन् ।

सोनालीले यो समयलाई दर्दनाक भनेकी छन् । ‘मलाई थाहा छ यो समय दर्दनाक हो र मेरो शरिरमा शक्ति पनि कम छ । तर म मैले गर्न सक्ने जति सबै थोक गर्न तयार छु । मेरो संकटपूर्ण जीवनमा दह्रो साथ उभिएकोमा मेरा साथीहरुप्रति आभारी छु’, उनले अगाडि भनेकी छन् ।

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com