सरकारको कृषि र दुग्ध पदार्थ आयातमा राजश्व बढाउने तयारी


प्रकाशित मिति : श्रावण २०, २०७५ आईतबार

पाँचथर – कृषिजन्य वस्तु आयातका कारण स्वदेशी उत्पादनले बजार नपाउने अवस्था आएपछि सरकारले कृषि र दुग्ध पदार्थ आयातमा राजश्व बढाउने तयारी गरेको छ ।

स्वदेशी उत्पादनको खपत बढाउन यस्तो कदम चाल्ने तयारी भएको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले जानकारी दिए । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

उनका अनुसार संघीय र प्रदेश मन्त्रीस्तरमा यस विषयमा समझदारी भइसकेको छ । गोलभेँडा, दुग्ध उत्पादनको बिक्रीमा देखिएको समस्यालाई दृष्टिगत गरी आयातित सामानमा भन्सार बढाउन लागिएको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com