विश्वले भन्यो कप्तान भनेको पारस जस्तो, त्यो अन्तिम बल र विकेट, अन्तिम १ रनले नै देशलाई जिताए


प्रकाशित मिति : श्रावण १९, २०७५ शनिबार

अहिले विश्वभरी नै नेपालका कप्तान पारस खड्काको चर्चा चलिरहेको छ । क्रिकेट खेलको दुनियाँमा कप्तान हुनु छ पारस खड्का जस्तो भनिरहेका छन् । आज नेदरल्याण्डसँग चमत्कारीक जित हात पारेर इतिहास मात्र रचेनन् । संसारलाई चकित बनाइदिए । यस्तो रोचक खेल थियो की हेर्ने दर्शक सबैको मुटु कामि रहेको थियो । अन्तिम बल थियो । अन्तिम विकेट थियो । तर नेपालले अन्तिम १ रन नै जोगाएर जित हात पार्नुपर्ने थियो ।

भयो त्यस्तो नै नेदरल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेट खेलमा कप्तान पारस खड्काले गरेको अन्तिम बलले १ रन मात्र जोड्न दियो । जितका लागि १ रन पारसले सुरक्षित गरे र देशले १ रनले नेदरल्याण्डलाई जित्दै इतिहास कायम गर्यो । नेपालको यो एकदिवसीय खेल जितेको पहिलो इतिहास हो । उसले खेल्नैपनि दुई खेलमात्र खेलेको छ । नेदरल्याण्डसँग खेलेको पहिलो खेलमा पराजित भएको थियो । जित हात पार्दै एकदिवसीय क्रिकेटमा विजयको इतिहास रचेको हो । खेलमा नेपालका सन्दिप लामिछाने चम्किएका छन् । उनले एक्लै ३ विकेट लिएका छन् । ९ औ विकेट सन्दिप लामिछानेले लिए । ८ औ विकेट कप्तान पारस खड्काले लिएका छन् ।

यसअघि ललित भण्डारीले ७ औ विकेट लिएका थिए् । यसअघि दिपेन्द्रसिंह ऐरिले विकेट लिएका थिए । बिस्फोटक बलर सन्दिप लामिछानेले नेपाललाई ठूलो सफलता दिए । सन्दिप लामिछाने एक्लैले ३ विकेट लिएसँगै नेदरल्याण्ड नेपालसँग १ रनले पराजित हुन बाध्य धयो । लामो समयदेखि क्रिजमा जमेका नेदरल्याण्डका टर ब्राक र त्यस लगत्तै आएका रिपोन आउट भएपछि नेदरल्याण्ड प्रेसरमा आएको थियो । सन्दीप लामिछानेले ३१ औभर २ विकेट लिएभने ३२ औं ओभरमा बसन्त रेग्मीले अर्को विकेट झार्न सफल भए ।

ब्राकपछि खेल्न आएका डे लीडेलाई पनि सन्दीपले २८ औं ओभरमा नै आउट गरेपछि नेदरल्याण्डको टोली दबाबमा परेको छ । नेदरल्याण्डले जीतका लागि २१७ रनको लक्ष्य नेपालले प्रस्तुत गरेको छ । ३२ ओभरको खेल सकिँदासम्म नेदरल्याण्डले ५ विकेट गुमाएर १२८ रन बनाएको छ । सोमपाल कामीले पहिलो ओभरको दोश्रो बलमा नै विकेट लिएपछि नेदरल्याण्डको टोली शुरुआतदेखि नै दबाबमा परेको थियो । दोश्रो विकेट भने ललित भण्डारीले लिएका थिए ।

नेदरल्याण्ड्ससँगको दोस्रो एकदिवसीय खेलमा नेपालले २ सय १७ रनको लक्ष्य दिएको थियो । नेपालले ४८ ओभर ५ बलमा २ सय १६ रन बनाउँदा सबै विकेट गुमायो । टस जितेर ब्याटिङ रोजेको नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाएका छन् । कप्तान पारस खड्का अर्धशतक बनाए लगत्तै आउट भएका थिए । उनले ६९ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५१ रन बनाए । आठौं क्रममा ब्याटिङमा आएका सोमपाल कामीले ४६ बलमा ५ चौका र ३ छक्काको मद्धतमा ६१ रन बनाए ।

शक्ति गौचन, शरद भेषावकर र करण केसी तीन खेलाडी परिवर्तन गरी सुवास खकुरेल, रोहित कुमार पौडेल र ललित भण्डारीलाई मौका दिइए पनि अपेक्षाअनुसार सुधार भने देखिएन । पहिलो खेलमा ज्ञानेन्द्र मल्ल र अनिल कुमार साहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका भएपनि दोस्रो खेलमा ओपनिङ पाटनरसिप नै परिवर्तन गरियो । ज्ञानेन्द्रलाई साथ दिन सुवास खकुरेललाई ल्याइएको थियो ।

२९ रनको साझेदारी भएको अवस्थामा ज्ञानेन्द्र मल्ल आठौँ ओभरको तेस्रो बलमा व्यक्तिगत १३ रन बनाउँदा क्याच आउट हुन पुगे । त्यसपछि ब्याटिङमा आएका अनिल कुमार साहले ४ रन बनाउँदा आठौँ ओभरकै अन्तिम बलमा आउट हुन पुगे । ३३ बलमा १९ रन बनाएका सुवास खकुरेल १२ औँ ओभरमा आउट भए । धरमराएको नेपाली ब्याटिङ त्यसपछि लयमा आउने देखिएको थियो । तर, कप्तान पारस खड्कासँग साझेदारी गरिरहेका दिपेन्द्र सिंह ऐरी रन आउट हुन पुगे । १७ बल खेलेका ऐरीले ३ चौकाको मद्धतमा १९ रन बनाएका थिए ।

एकदिवसीय क्रिकेट इतिहासकै चौथा कान्छा खेलाडी रोहित कुमार पौडेलले पनि आफ्नो प्रभाव पार्न सकेनन् । १५ बल खेलेका उनी ६ रन बनाएर आउट भए । आरिफ शेख ४६ बलमा १६ रन बनाउँदा आउट भए । ९ बल खेलेका बसन्त रेग्मी एक रन बनाएर आउट भए । सन्दीप लामिछानेले २२ बलमा ८ रन र ललित भण्डारीले ९ बलमा ४ रन बनाए । नेदरल्याण्ड्सका फ्रेड क्लासेनले तीन, पिटर सिलरले दुई, मिचेल रिप्पोन दुई र पोउल भ्यान मेकेरिन र शेन स्यान्टनरले एक–एक विकेट लिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com