साउदीबाट मुम्बइ आउँदै गरेको जेट एयरवेजको विमान रियाध विमानस्थलमा दुर्घटना
प्रकाशित मिति : श्रावण १८, २०७५ शुक्रबार
साउदी अरेबियाको राजधानी रियाधबाट भारतको मुम्बइ आउँदै गरेको जेट एयरवेजको विमान रियाध विमानस्थलमा दुर्घटना भएको छ । यद्यपि विमानमा रहेका सबै १४२ जना यात्रु सुरक्षित रहेको बताइएको छ । विमान टेकअफका क्रममा रनवेमा चिप्लिएको थियो ।
रियाधबाट टेकअफ गर्ने क्रममा विकानमा प्राविधिक समस्या आएपछि विमान रनवेमै चिप्लिएको थियो । विमानको गति निकै तीव्र भइसक्दा पनि विमानले उडान भर्न नसकेपछि रनवेमै चिप्लिएको बताइएको छ । विमानमा १४२ यात्रु र ७ क्रु मेम्बरका सदस्य थिए । सबै सुरक्षित भएको बताइएको छ ।





