अफ्रिकाले पनि नेपाली कामदार लैजाने, जेलको सुरक्षाका लागि प्रयोग गर्न राख्यो प्रस्ताव


प्रकाशित मिति : श्रावण १८, २०७५ शुक्रबार

मलेसियामा नेपाली कामदार माथि आर्थिक शोषण भएका कारण कामदार पठाउन बन्द गरेकै अवस्थामा अफ्रिकी मुलुक सेशेल्सले नेपाली कामदार लैजान प्रस्ताव गरेको छ ।

दुई सरकारबीच गभर्नमेन्ट टु गभर्नमेन्ट (जीटुजी) प्रक्रियाबाटै कामदार लैजाने विषयमा छलफल भएको हो । नेपाली कामदार लैजान सेशेल्स सरकारले प्रस्ताव गरेको श्रम तथा रोजगार मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालका अनुसार सेक्युरेटी गार्डका रुपमा नेपालीलाई लैजाने विषयमा कुराकानी भइरहेको हो । नेपाली सुरक्षागार्डहरुले जेलहरुमा सुरक्षा व्यवस्थापनको काम गर्नेछन् । सेशेल्सका जेलहरु विश्वकै सुविधायुक्तको सूचीमा समावेश भएका छन्।

नेपालीहरु सुरक्षाको मामिलामा निकै सम्बेदनशिल भएको चर्चा विश्वमा चल्ने गरेका कारण सेशेल्सले नेपाली कामदार प्रति चासो राखेको जनाएको छ । विश्वसनियताका कारण त्यहाँको जेलहरुको सुरक्षा जिम्मा नेपालीलाई दिन खोजेको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लोपटक नेपाली कामदार लैजान प्रस्ताव गर्ने सेशेल्स अफ्रिकन युनियनमा आवद्ध देश हो। जुन, १ सय १५ वटा स–साना समुन्द्री टापु मिलेर बनेको छ। श्रम तथा रोजगार मन्त्रालयसँग सेशेल्सले नेपालीका लागि उपयुक्त रोजगारी दिन सकिने भन्दै द्वीपक्षीय समझदारी (एमओयू) गर्न प्रस्ताव गरेको बताइएको छ।

नेपालीले राम्रो सेवा सुविधा पाउने र सुरक्षाको चुनौती नभए नेपाल पनि कामदार पठाउन इच्छुक रहेको जनाइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com