प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ आज


प्रकाशित मिति : श्रावण १८, २०७५ शुक्रबार

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ आज शुक्रबार हुदैंछ । संसदीय सुनुवाई समितीले जोशीका बारेमा आज निर्णय गर्ने आज शुक्रवार सुनुवाई समितिको बैठक बस्ने भएको हो । गत विहीवारदेखि संसदीय सुनुवाइ प्रकृया थालिए पनि अहिलेसम्म प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गर्ने या नगर्ने भन्ने विषय अन्योलमै छ ।

सर्वसम्मतीमा जोशीलाई अयोग्य ठहर गर्नका लागि नेकपामा सांसदहरूले कांग्रेसलाई गरेको आग्रहका आधारमा नै निर्णयको मिति सरिरहेको छ । तर, नेपाली कांग्रेसले छानविनका लागि उपसमितिको माग राखी अड्को थापेको नेकपाको बुझाई छ । उपसमिति गठनको साटो सुनुवाईको प्रक्रिया लम्बिएको खण्डमा महाअभियोग दर्ता गरी दुई तिहाई बहुमतले जोशीलाई हटाउने रणनीतिमा नेकपा पुगेको  स्रोतले जानकारी दिएको छ । ।
‘उहाँले सहजीकरण गर्नु भएन भने त्यसै हिसाबको निर्णय हुन्छ’, स्रोतले भन्यो,‘उहाँका विषयमा आएका विवादास्पद विषय जान्दाजान्दै न्यायपालीकामा अयोग्य व्यक्तिलाई प्रमुखको जिम्मा दिन सकिँदैन ।’

कांग्रेस र राजपा जोशीका पक्षमा सकरात्मक देखिएका छन् भने सत्ता पक्ष नेकपा शैक्षिक प्रमाणपत्र विवादमा परेको भन्दै अनुमोदन गर्न आनाकानी गरेका छन् । यता, संसदीय सुनुवाईका क्रममा निर्णय भईनसक्दै सरकारविरुद्ध प्रेसवक्तव्य जारी गर्दै ‘न्यायपालिकामाथि हस्तक्षेप’ भनेकोमा प्रधानमन्त्री ओली जोशीसँग क्रुद्ध छन् । नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि उनलाई बोकेर हिँड्ने अवस्था नरहेको बताइसकेका छन् । जोशी अहिले नेपाली कांग्रेसका केही नेता, नेपाल बार एशोसीएशनका पदाधिकारीलाई लिएर संसदीय सुनुवाई समितिविरुद्ध सक्रिय छन् ।

यसअघि जोशीले राजनीतिक कुरोकानी मिलाउने सन्दर्भमा राजनीतिक भेटलाई तिव्रता पनि दिए । औपचारिक र अनौपचारिक हिसाबले उनको दौडधुप जारी रहे पनि सत्तारुढ दलको राजीनामा दिनू भन्ने दबाबमा जोशी रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com