चर्चित लोकगायिका सीता थापामाथि खुकुरी प्रहार
प्रकाशित मिति : श्रावण १६, २०७५ बुधबार
चर्चित लोकगायिका सीता थापामाथि खुकुरी प्रहार भएको छ । सामान्य घरायसी विवादमा उनलाई उनकै जेठानीले खुकुरी प्रहार गरेकी हुन् ।
घाइते थापाको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ । उनको स्वस्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ ।
थापामाथि खुकुरी प्रहार गर्ने उनको जेठानीमाथि कार्बाहीको माग गर्दै जावालाखेल प्रहरी वृत्तमा उजुरी दर्ता भएको छ ।





